बजारमा तीव्र उतारचढावले लगानीकर्ताले निर्णय गर्नै सकेनन्, एनआइसी एसियामा लगानीकर्ता सक्रिय

बिजमाण्डू
२०७६ माघ ७ गते १५:१९ | Jan 21, 2020
बजारमा तीव्र उतारचढावले लगानीकर्ताले निर्णय गर्नै सकेनन्, एनआइसी एसियामा लगानीकर्ता सक्रिय


काठमाडौं। १३१७ अंकबाट खुलेको सेयर बजार १३२९ अंकसम्म पुगेर घटेपछि लगानीकर्ताहरूमा दिनभरी नै अन्योलता देखिएको थियो। एकैछिनमा घट्ने र फेरि उकालो लाग्ने क्रमले लगानीकर्ता निर्णय गर्न सकिरहेका थिएनन्।

Tata
GBIME
Nepal Life

बजार घटेर १३०९ अंकसम्म आयो। त्यसपछि केही बढेर १३१८ अंकमा पुग्यो। बजार फेरि घट्न थाल्यो र १३१० अंकको हाराहारीमा ओर्लियो। जब डेढ बज्यो बजार सूचक र कारोबार रकमले रफ्तार पकड्न थाल्यो। बजार बढेर १३३१ अंकसम्म उक्लियो। तर यो वृद्धिलाई धान्न सकेन अन्तत ३.३६ अंकले बढेर सूचक १३२० अंकमा बन्द भएको छ।

कारोबार रकम तुलनात्मक रूपमा उच्च भएपनि सूचक एकदमै तलमाथि गर्दा हिजोअस्तिको भन्दा कारोबार रकम घटेको छ। दिनभरीमा १ अर्ब ५१ करोड रूपैयाँको सेयर किनबेच भएको छ। यसमध्ये २४ करोड ४६ लाख रुपैयाँ हिमालयन बैंकको संस्थापक सेयर हो।

बजारमा अत्यधिक माग ग्लोबल आइएमइ बैंकको देखिएको छ। बैंकको सेयरको माग १२ लाख ८२ हजार ८९६ कित्ता भएको थियो। आपूर्ति भने एनआइसी एसिया बैंकको बढि भएको छ। बैंकको ३४ हजार ८३५ कित्ता सेयर आपूर्ति भएको छ। 

ग्लोबल आइएमइपछि माग बढि हुनेमा मेगा, एनआइसी एसिया र एनसीसी बैंक छन्। धेरैपछि नेशनल हाइड्रोको सेयरमा पनि लगानीकर्ताको माग बढेको थियो। कम्पनीको २२ हजार ६०० कित्ता सेयरका लागि माग आएको थियो। एकदमै सक्रिय लगानीकर्ता एनआइसी एसिया बैंकका थिए। बैंकको ७२२ पटक सेयर किनबेच भएको छ। 

बैंकिङ, ब्यापार, हाइड्रोपावर, निर्जीवन बीमा, उत्पादनमूलक र जीवन बीमा कम्पनीको सेयर सूचक बढेका छन्। बाँकी सबै रातो भएको छ।