पहिलोपटक लाभांश बाँड्यो राष्ट्रिय वाणिज्य बैंकले, सरकारलाई एक अर्ब ८ करोड, तेस्रो साता एजिएम





काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले पहिलोपटक लाभांश दिएको छ। बैंकले चुक्ता पुँजीको १२ प्रतिशत नगद लाभांश दिएको हो। 

बैंकमा अधिकांश सेयर सरकारको छ। एनआइडीसी विकास बैंक गाभ्दा त्यहाँ रहेको सर्वसाधारणको सेयर ०.०३ प्रतिशत छ।

बैंकले मंगलबार सरकारलाई लाभांश वापतको एक अर्ब ८ करोड रूपैयाँ उपलब्ध गराइसकेको छ। सर्वसाधारणले करिब ३० लाख रुपैयाँ लाभांश पाएका छन्।

TATA
Sanima Bank
Riddisiddi Cement

'खराब अवस्थामा पुगेको बैंकमा सुधार गरेर आजको दिनमा लाभांश बाँड्ने हैसियतमा पुगेकोमा मलाई एकदमै खुसी लागेको छ,' बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बिजमाण्डूसँग भने, 'यसले बैंक स्थिरतातिर गइरहेको देखाउँछ।'

बैंकको कुनै समय नेटवर्थ ऋणात्मक थियो। सरकारले विश्व बैंकसँग ऋण लिएर नेपाल बैंकसहित राष्ट्रिय वाणिज्य बैंकमा सुधार थालेको थियो। सुधारपछि बैंकको वित्तीय अवस्था सकारात्मक बन्दै गएको हो।

बैंकको कुनै बेला १२ अर्ब रूपैयाँ ऋणात्मक नेटवर्थ थियो। अहिले २० अर्ब धनात्मक भएको छ। बैंकको लाभांशलाई राष्ट्र बैंकले स्वीकृत गरिसकेको छ। बैंकले सञ्चालक समितिको बैठक डाकेर माघ तेस्रो साता साधारणसभा गर्ने मिति तय गर्ने भएको छ।

बैंकको ऋण लगानी १ खर्ब ५० अर्ब रुपैयाँ पुगिसकेको छ। बैंकसँग सर्वसाधारणको १ खर्ब ९४ अर्ब रूपैयाँ निक्षेप छ। बैंकले गत वर्ष ५ अर्ब ६ करोड रूपैयाँ नाफा गरेको थियो। बैंकको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ५८ बाट ८० प्रतिशत पुगिसकेको छ। बैंकको शाखा संख्या १ सय ६५ बाट २ सय ३८ पुगिसकेको छ।  


Share this Story

   

पहिलोपटक लाभांश बाँड्यो राष्ट्रिय वाणिज्य बैंकले, सरकारलाई एक अर्ब ८ करोड, तेस्रो साता एजिएम को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell