आस्क मीको भर्चुअल जब फेयर: अनलाइनबाटै जागिर, एक लाखलाई काम खोज्ने तयारी




काठमाडौं। 'आस्क मी' ले नेपालमै पहिलोपटक दुई दिने 'भर्चुअल जब फेयर' गर्ने भएको छ।

नेपालकै पहिलो र सबैभन्दा ठूलो 'जब फेयर' मा घरमै बसी बसी ल्यापटप वा कम्प्युटरबाटै भिजिट गर्न सकिने आस्क मीकी प्रबन्ध निर्देशक अर्चना कुँवर क्षेत्रीले बताइन । 

संस्थाले माघ १५ र १६ गते दुई दिन सम्मेलन आयोजना गर्दैछ । यसमा इच्छुकले घरमै बसेर कम्प्युटरबाट उपयुक्त जागिर खोज्न सक्ने छन्। दुई दिनमा एक लाखभन्दा धेरैले जागिरको लागि भर्चुअल स्टल भिजिट गर्ने क्षेत्रीले अपेक्षा गरिन्।

TaTa
Riddisiddi Cement

यस्ता रोजगार मेला (जब फेयर) ले रोजगारदाता र जागिर खोज्नेका बीचमा सम्पर्कका लागि माध्यमको काम गर्ने छ। आफूलाई पायक पर्ने स्थान र उपयुक्त लागेको जागिरमा आवेदन दिए पछि आस्क मीको सफ्टवेयरले नै सर्ट लिष्ट तयार पार्ने छ। अर्थात कम्पनीहरुले एडभान्स फिल्टर अप्सनमार्फत सूची तयार गर्न सक्ने छन्।

आफूले खोजेको तथा योग्यता पुगेकाहरुको सूची तयार पारी कम्पनीले आफैंले फोन गरेर अन्तर्वार्ताका लागि बोलाउन सक्ने छन्। कतिपय अवस्थामा जागिर खोज्नेहरूले जस्तो सुकै पदका लागि पनि आवेदन दिन सक्ने भएकाले यस्तो प्रणालीको विकास गरिएको उनले बताइन्।
यस्ता कार्यक्रमले कम्पनीहरूलाई आफ्नो आवश्यकता अनुसार कर्मचारी खोज्न सजिलो हुनेछ भने जागिरको खोजीमा रहेकाहरुले आफूलाई उपयुक्त लागेको क्षेत्र र पदमा आवेदन दिन सक्ने छन्।

यसले जागिरका लागि एक ठाउँबाट अर्को ठाउँमा धाउनुपर्ने समस्याको अन्त्य हुने र घरमै बसेर आफूलाई पायक परेको परेको स्थानमा जागिर खोज्न सकिने उनले बताइन्।

दुई दिनको प्रदर्शनीका क्रममा बिभिन्न कम्पनीहरुले आस्क मीको साइटमा स्टल समेत राख्न सक्ने उनले जानकारी दिइन्।
उक्त स्टलमा कम्पनीको नाम तथा लोगो राख्नेछ। यदि कसैले उक्त कम्पनीमा क्लिक गर्‍यो भने जागिरको अवसरहरू डिस्प्ले हुनेछ। माग अनुसार आफ्नो योग्यता पुगेमा तुरुन्तै आवेदन दिन सक्ने पनि उनले बताइन्।

जागिर खोज्नेहरूले सबैभन्दा पहिले आस्क मीको साइटमा गएर आफ्नो अनलाइन रजिष्ट्रर गर्नु पर्नेछ। उक्त खाता खोल्ने क्रममा आफ्ना सबै विवरण भर्नु पर्नेछ। व्यक्तिगत विवरणदेखि लिएर शैक्षिक योग्यता काम गरेको अनुभव पनि खुलाएर विवरण भरेपछि कम्पनीहरूलाई सर्ट लिस्ट गर्न मद्दत पुग्ने छ। ४० वर्ष भन्दा कम उमेर समुहलाई यस फेयरले टार्गेट गरेको उनले बताइन्।  एक दुई वर्षको अनुभव भएर जागिर परिवर्तन गर्न खोजेकाहरुलाई पनि यो राम्रो अवसर हो।

यदि कुनै कम्पनी जुम्लामा छ, तर कर्मचारी खोज्न काठमाडौं आउनु पर्ने बाध्यता छ भने उनीहरूले यो प्ल्याटफर्म प्रयोग गर्न सक्ने छन्। साथै जुम्लामै बसेर आफ्नो जिल्लामा आफूलाई सुहाउने जागिर खोज्न सक्ने छन्। विकट ठाउँबाट सिधै काठमाडौंमै आएर जागिर खोज्नेहरुको जोखिमलाई यसले सहजीकरण गरिदिने उनले दाबी गरिन्।

कतिपय अवस्थामा विकट ठाउँमा मान्छे नपाएर समस्या बेहोरिरहेका हुन्छन्। त्यसैले गर्दा उक्त विकट ठाउँकै मानिसहरुलाई यसले पुलको काम गर्न सक्ने छ। यस्तो खाडललाई पुर्न पनि यस्तो काम गरिएको उनले बताइन्।

जब फेयरमा धेरै भन्दा धेरै रोजगारदाता कम्पनीलाई समावेश गराउने उनले बताइन्। उनले भनिन् ‘हामी सकेसम्म धेरै भन्दा धेरै कम्पनीहरुको स्टल राख्ने प्रयास गर्नेछौं। जसले गर्दा जागिर खोजेकाहरूले छानेर आफ्नो करिअर सुरू गर्न सकुन्।’

आस्क मीले यस अगाडि पनि जागिरको लागि पुलको काम गर्दै आएको थियो। यहि कामलाई बृहत बनाउन 'भर्चुअल जब फेयर' आयोजना गरेको हो। संस्थाले बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरूलाई बढि प्राथमिकतामा राख्दै आएकोमा यसपटकदेखि होटल, उत्पादन तथा प्रशोधनसँग सम्बन्धित कम्पनीहरूलाई पनि समावेश गर्ने बताएको छ।

 


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell