मारवाडी छोरीबुहारीको ब्यापारमा नेतृत्व: प्राची जसलाई साहसको कथाले हिम्मत दिन्छ

भावना शर्मा/बिजमाण्डू
२०७६ मंसिर २९ गते ११:५५ | Dec 15, 2019
मारवाडी छोरीबुहारीको ब्यापारमा नेतृत्व: प्राची जसलाई साहसको कथाले हिम्मत दिन्छ


प्राचीले अहिले सोल्टी होटलको रूम रेनोभेसनको काम गरिरहेकी छन्। यस्तै हायात प्लेस काठमाडौं र मिजो हाइड्रोपावरको अफिस सेटअप, अनि काठमाडौं गेष्ट हाउसमा पनि काम चलिरहेको छ। बिभिन्न दूतावासलगायत केही ठूला घरहरूको पनि इन्टेरियरको काम लिएकी छन्।

Tata
GBIME
Nepal Life

'माई फ्युडल लर्ड' पाकिस्तानी अधिकारवादी तेहमिना दुरानीले १९९१ मा लेखेको पुस्तक हो । उक्त पुस्तकले पाकिस्तानको पुरातनवादी समाजमा हलचल मच्चाइदियो, किनभने उनले प्रभावशाली नेता रहेका आफ्नै श्रीमानको दुर्ब्यवहार र जीवनका कठिन परिस्थितिहरूबारे लेखेकी थिइन्। पछि उनले ती श्रीमानसँग सम्बन्धबिच्छेद गरेर महिला अधिकारका पक्षमा धेरै किताबहरू लेख्दै गइन्। यसवापत उनले परिवार, सम्पत्ति, सन्तान र समाज गुमाइन्। सबैबाट एक्लिइन् तैपनि उनको साहसमा कमी आएन। 

आफ्नै जीवनकथामा आधारित भएर लेखेको दुरानीको यो किताबले कुनै पनि महिलाले परिवर्तनको पक्षमा उभ्याउने साहसिक निर्णय कसरी लिन सक्छन् भन्ने सिकाएको छ। दुरानीको यही किताब पढ्दै गर्दा काठमाडौंकी प्राची अग्रवाललाई पटक-पटक सिरिङ्ङ भयो। पुरूष केन्द्रित समाजलाई चुनौती दिएर आफ्नो भाग्य आफैंले कोर्न सक्ने महिलाहरू उनलाई साहसिक लाग्छन्।  आफैंतर्फ फर्किएर सोच्दा भने परिवारका सबै पुरुषहरुले सहयोग गरेकाले नै अघि बढ्न सकेको भन्दै आफूलाई  यस अर्थमा भाग्यमानी ठान्छिन्।

त्यसो त भर्खरै सकेको 'बिकमिङ मिसेल ओबामा' ले पनि उनलाई प्रशस्तै सोच्ने खुराक दियो। काठमाडौंको मारवाडी परिवार, अझ भनौं 'प्रिभिलेज्ड बिजनेस कम्युनिटी' मा जन्मे-हुर्केकी प्राचीलाई दुःख र अभावको त कहिल्यै सामना गर्न परेन, तर ब्याप्त असमानताका बाबजुद समाजमा परिवर्तनको लागि साहस गर्ने महिलाहरूको कथाले उनको सोचाइमा धेरै प्रभाव पारेको छ। 

'यस्तै साहसका कथाले महिलाको दिमागमा परिवर्तनको पक्षमा लड्ने ताकत भरिदिन्छ,' उनी भन्छिन्- 'अनि समाजमा पनि यस्तै कुराले परिवर्तन ल्याउने त हो नि !' मारवाडी समुदायभित्र पनि महिलालाई घरबाहिर काम गर्न नपठाउने चलन तोडिएको धेरै समय भएको छैन। 

'१० वर्षअघिकै समय सम्झने हो भने हाम्रो समुदायभित्रका महिलाहरू घरभित्रै सीमित थिए। १० वर्षमा धेरै परिवर्तन आएको हो,' उनी भन्छिन्, 'हामीलाई पढ्नु छ, यसका लागि बुवाआमाले सपोर्ट गर्छन्। तर काम गर्नका लागि मेन त बिहेपछिको परिवारबाट सपोर्ट चाहिन्छ।' प्राची यो परिवर्तनका लागि महिलाहरूको आफ्नै अग्रसरता र परिवारको सहयोगलाई महत्वपूर्ण मान्छिन्।

मार्केटिङको 'स्ट्रेन्थ' आवश्यकताअनुसार परिवर्तन भइरहन्छ। कसरी कस्टमरका अघि उभिनेदेखि कस्ता अडियन्सकहाँ कस्तो प्रोडक्ट पठाउनेसम्मका ज्ञान उनी किताबबाट लिइरहेकी हुन्छिन्। उनलाई थाहा छ, यो सबै पत्ता लगाएमा मात्र सफल भइन्छ। एकपटक सम्बन्ध बनाएर कसरी लामो समय टिकाउने र मार्केट अडियन्स पत्ता लगाएर के के बेच्न सकिन्छ भनेर अध्ययन गर्न पनि सजिलो छैन। 

'अहिलेका बुवाआमा र सासुससुरा दुवै पक्ष प्रोग्रेसिभ छन्। हामी पनि घरमा बस्न चाहन्नौं। पढेका छौं, केही गर्नुपर्छ भन्ने प्यासन छ। छोरीको करियरमा ध्यान दिने सोच र बुहारीलाई काम गर्न दिने परिवेश निर्माण भइरहको छ,' उनले मारवाडी समुदायभित्रको परिवर्तनबारे सुनाइन्, 'कसैलाई करियर रोज्न रोकतोक छैन। रोजाइमा पनि बिविधता छ।'  

उनी कुनाल फ्लोरिङ एण्ड फर्निसिङकी एक्जेक्युटिभ डाइरेक्टरका रूपमा काम गरिरहेकी छन्। सँगसँगै अढाई वर्षकी छोरी आन्वीलाई हुर्काउने जिम्मेवारी त छँदैछ। 

काठमाडौंमा जन्मिएकी प्राची कक्षा सातसम्म एलिट्स को-एडमा पढिन्। अनि त्यसपछिको पढाई भारतको मसुरीमा भयो। मुम्बइबाट ग्रयाजुएसन, स्कटल्याण्डबाट मार्केटिङ र फाइनान्सको मास्टर्स डिग्री लिएपछि उनले केही समय एचएसबीसीमा काम गरिन्। पढाइ सकेर नेपाल फर्किए लगत्तै जे वाल्टर थम्पसन कम्पनीमा काम थालिन्। त्यहाँ उनले युनिलिभर र एनसेल जस्ता ठूला कम्पनीका प्रोजेक्टहरू गरिन्। 

इभेन्ट म्यानेजमेन्टमा रूचि भएका कारण उनले फर्न्ज एण्ड पेटलको एजेन्सी लिएर त्यसमार्फत इभेन्ट म्यानेजमेन्टमा समेत हात हालिन्। उनले बिभिन्न च्यारिटेबल इभेन्ट, प्रभाकर शमशेर राणाको पारिवारिक पार्टीहरु हुँदै पूर्वराजा ज्ञानेन्द्रका बिभिन्न पारिवारिक इभेन्ट अर्गनाइज गरिन्। बिस्तारै उनलाई यो सबैले म्यानेजमेन्ट र मार्केटिङमा कन्फिडेन्ट बनाउँदै लग्यो। 

सन् २०१४ मा उनको बिहे भयो मारवाडी समुदायकै कुनाल अग्रवालसँग। त्यसपछि भने उनले श्रीमानकै नामको कुनाल फर्निचर एण्ड फर्निसिङ सम्हालिरहेकी छन्। 'वर्किङ मम' मात्र होइन उनी अहिले नेपाल उद्योग परिसंघको युथ फेडरेसनको सक्रिय सदस्यका रूपमा पनि काम गरिरहेकी छन्।  सीएनआइवाइएफमा उनले नेतृत्व तथा ब्यक्तित्व विकासका साथै अन्तरक्रियात्मक संजालहरूको विस्तार गर्दै व्यापारमा आफ्नो दायरा समेत फराकिलो बनाइरहेकी छन्। 

छोरीलाई पढाउनु छ। नाम राख्ने छोरी बनोस् भन्ने पनि लागेको छ। तर उनको रहर यतिमा मात्र सकिँदैन। तोते बोलीमा गीत गाइरहने छोरी देख्दा उनलाई लाग्छ मेरी छोरी गायक पनि बनोस्। रहर र विविधतामा रमाउने स्वतन्त्रता मारवाडी समुदायका नयाँ पुस्ताले पाइसकेको उनी बताउँछिन्। 

हाल कुनाल ग्रुप अन्तर्गतको कुनाल फर्निसिङको सबै क्रियटिभ प्रोजेक्टहरु प्राचीले नै संचालन गर्छिन्। यस ग्रुपअन्तर्गत कार्पेट, फ्लोरिङ, म्याट्रेस, एग्रो तथा अन्य सप्लायर्स कम्पनीहरू छन्। 

प्राचीले अहिले सोल्टी होटलको रूम रेनोभेसनको काम गरिरहेकी छन्। यस्तै हायात प्लेस काठमाडौं र मिजो हाइड्रोपावरको अफिस सेटअप, अनि काठमाडौं गेष्ट हाउसमा पनि काम चलिरहेको छ। बिभिन्न दूतावासलगायत केही ठूला घरहरूको पनि इन्टेरियरको काम लिएकी छन्। एकपटकमा सात/आठवटा प्रोजेक्ट गर्ने प्राचीमा बिजनेस प्यासन सानैदेखि रहेछ। अहिले कुनाल ग्रुपको सबै क्रियटिभ प्रोजेक्ट आफैंले हेर्ने उनी मार्केटिङ र इभेन्ट म्यानेजमेन्ट आफ्नो रूचिको क्षेत्र भएको बताउँछिन्। 

विदेशको पढाई र कामप्रतिको लगावले कुनाल फर्निसिङको 'प्रोजेक्ट सेन्टर' नै अहिले प्राची भएकी छन्। मार्केटिङका साथै कुनै पनि परियोजनाको प्लानिङ,  बजेट एनालिसिस र क्रियटिभ कन्सल्ट्यान्सीदेखि सबै ब्यवस्थापन उनकै जिम्मामा छ।  

'जब नयाँ पुस्ताले पुरानो ब्यापारलाई अघि बढाउँछ, त्यसमा उनीहरूले नयाँपन दिन्छन्,' ३० वर्षअघि ससुरा चन्द्रशेखर अग्रवालले खोलेको फर्निचर शोरूमलाई पाँच वर्षयता आफूले 'वान स्टप सोलुसन'का रूपमा चलाइरहेको उनले बताइन्। 'कुनालले सिली जस्तो ब्राण्डको प्रिमियम प्रोडक्ट ल्याएको छ। अब तीन महिनाभत्रै अन्य प्रिमियम रेन्जका प्रोडक्ट ल्याउन लागेका छौं,' उनले भनिन्, 'हामीले नेपालमा फर्निचरको राम्रो रेन्ज ल्याएर बजार विस्तारको योजना बनाइसकेका छौं ।'  

'बिकमिङ मिसेल ओबामा' ले पनि उनलाई प्रशस्तै सोच्ने खुराक दियो। काठमाडौंको मारवाडी परिवार, अझ भनौं 'प्रिभिलेज्ड बिजनेस कम्युनिटी' मा जन्मे-हुर्केकी प्राचीलाई दुःख र अभावको त कहिल्यै सामना गर्न परेन, तर ब्याप्त असमानताका बाबजुद समाजमा परिवर्तनको लागि साहस गर्ने महिलाहरूको कथाले उनको सोचाइमा धेरै प्रभाव पारेको छ। 

ग्राहकको पनि अवधारणा परिवर्तन भइसक्यो। उनीहरूको जीवनस्तर धेरै बदलिएको पनि छ। उनीहरू आफ्नो स्पेसका लागि टन्नै खर्च गर्छन् । यो प्राचीको बुझाइ हो। भन्छिन्, 'टिभी, भिडियो र सोसल साइटहरूमा राम्रो घरको सेट-अप हेर्दा हेर्दा उनीहरू पनि आफ्नो घरमा केही फरक र राम्रो गर्न चाहन्छन्।' ग्राहकको झुकाव मोर्डन फर्निचर र न्यूट्रल कलरहरुमा गएको उनले अनुभव गरेकी छन्। 'प्लेन फर्निचर, प्लेन पर्दा, तर ब्राइट वालपेपर यो अहिलेको ट्रेन्ड हो,' उनी भन्छिन्, 'सानो होस् वा ठूलो, घर राम्रो हुनुपर्‍यो त्यति हो ।' 

दुई छोरी, एक छोरामा कान्छी प्राचीलाई बुवाआमाको सधैं सपोर्ट रह्यो। ग्रेडमा भन्दा पनि बच्चाहरूको कोशिशमा खुशी हुने पिता रमेश अग्रवाल भन्थे- 'पढ, तर जति पनि नम्बर ल्याउ त्यसैमा खुसी होउ। करियर जस्तो रोज्न मन लाग्छ रोज, तर खुशी साथ।' 

बुवाको लचकताका कारण खुशीसाथ दिदीले डाक्टरी रोजिन्, दाजुले ब्यापार। उनलाई मार्केटिङ र इभेन्ट म्यानेजमेन्टमा रूचि भयो त्यही पढिन्। बिहेपछि पनि उनलाई खुसी-खुसी परिवारले ब्यापारमा अघि बढायो। कुनै संघर्ष न केही सम्झौता। आफ्नो जीवन सँधै सन्तुलनमा चल्यो। सफलतामा अघि बढ्यो। तर आफू प्रिभिलेज्ड भएपनि उनलाई सिर्जनशील भएर पनि घरभित्रै खुम्चिन बाध्य मारवाडी महिलाहरू देख्दा पीर पर्दो रहेछ।  
 
'मारवाडी समुदायमा अहिले पनि धेरै छन्, जो घरभित्रै बसेर सिर्जनशील काम गरिरहेका छन्। कोही प्याकिङमा  अब्बल हुनुहुन्छ। हाम्रो कम्युनिटीभित्र मात्रै सामान सप्लाई गर्नुहुन्छ,' उनी भन्छिन्, 'घरमै बसेका सिर्जनशील महिलालाई कसरी काम दिने भन्ने पनि मलाइ लागिरहन्छ।' हाल सीएनआइ-वाइएफमार्फत काठमाडौंभित्र घरमै सीमित भइकन काम गरिरहेका कति महिलाहरू उद्यमी छन्, र उनीहरूलाई कसरी 'ग्रो' गर्न सकिन्छ भनेर अध्ययन समेत गरिरहेको उनले बताइन्। 

प्राचीले दैनिकीमा जिमखानाका लागि पनि समय छुट्याएकी छन्। बिहान ७ बजे उठेपछि जिम जान्छिन्। फर्केर ब्रेकफास्ट अनि साढे १० मा अफिस पुगिसक्छिन्। ३ बजेसम्म अफिसमा प्रोजेक्ट डिटेल लिएपछि बजेट र फाइनान्सको काम घरबाटै हेर्छिन्। बेलुकीको समय भने छोरीका लागि हो। कहिलेकाही साँझमा क्लाइन्टसँगको मिटिङमा बस्दा भने उनी छोरीसँगको समय मिस गरिरहेकी हुन्छिन्। फर्किएर घर आउँदा एबीसीडी गाइरहेकी छोरीको अनुहारमा हेर्छिन्। सोच्छिन्- छोरी ठूली भएपछि के बन्छे होला ? उनलाई थाहा छ छोरीलाई पढाउनु छ। नाम राख्ने छोरी बनोस् भन्ने पनि लागेको छ। तर उनको रहर यतिमा मात्र सकिँदैन। तोते बोलीमा गीत गाइरहने छोरी देख्दा उनलाई लाग्छ मेरी छोरी गायक पनि बनोस्। रहर र विविधतामा रमाउने स्वतन्त्रता मारवाडी समुदायका नयाँ पुस्ताले पाइसकेको उनी बताउँछिन्। 

विदेशको पढाई र कामप्रतिको लगावले कुनाल फर्निसिङको 'प्रोजेक्ट सेन्टर' नै अहिले प्राची भएकी छन्। मार्केटिङका साथै कुनै पनि परियोजनाको प्लानिङ,  बजेट एनालिसिस र क्रियटिभ कन्सल्ट्यान्सीदेखि सबै ब्यवस्थापन उनकै जिम्मामा छ।  

केही दिन अघिमात्र फिनल्याण्डमा ३४ वर्षकी युवा प्रधानमन्त्री बनेको खबर आयो। उनी यस्ता खबरले अत्यन्तै उत्साहित बन्छिन्। 'सानैदेखि मलाई पनि नाम राख्ने काम गर्नुपर्छ भन्ने लाग्ने । स्कुल पढ्दाताका बोस भन्ने म्यागेजिन फेमस थियो,'  उनले पुराना दिन सम्झना गरिन्, 'मलाई त त्यसमा मेरो पनि फोटो र नाम अगाडि आओस् भन्ने लाग्थ्यो।'  

प्राचीले मार्केटिङ पढेकी छन्, त्यसैले बजार बुझेकी पनि छन्।  'पुरानो पुस्तालाई शोरूमबाट सामान बेच्ने तरिका मात्र थाहा छ। हामी त्यही शो रूम पनि कसरी ग्राहकलाई खुसी हुने किसिमको डिस्प्ले गर्न सकिन्छ भनेर सोच्छौं,' उनी भन्छिन्, 'खासमा ग्राहक हामीकहाँ आउने होइन हामी ग्राहककहाँ जाने हो, अनि उनीहरूको रूचि अनुसारको काम गर्ने हो। खुसी पार्ने कला जानेपछि ग्राहकले सधैं हामीलाई सम्झन्छन्।' सोसल मिडिया, किताब र ट्रेन्डहरू हेरेर ग्राहकलाई सहयोग गर्ने गरेको उनी बताउँछिन्।  'हामी घरलाई सुन्दर र सहज बनाउने सहयोगी हौं। कुनाललाई मैले वान स्टप सलुसनका रूपमा अघि बढाइरहेको छु। क्लाइन्टलाई प्लानिङ फेजदेखि नै क्रियटिभ कन्सल्टेन्सी, डिजाइनर र इन्टेरियर दिने मेरो अवधारणा हो,' उनी सुनाउँछिन्, 'हामीसँग मिड टु हाइ रेन्जका सामान छ। डिजाइनर पनि मिडदेखि हाइ रेन्जसम्मकै छन्। मार्केटअनुसार हामी पनि लचिलो हुनुपर्छ।' मध्यम र उच्च वर्ग लक्षित उनका प्रोडक्टहरू प्रिमियम रेन्जका हुन्। 

काठमाडौंमा जन्मिएकी प्राची कक्षा सातसम्म एलिट्स को-एडमा पढिन्। अनि त्यसपछिको पढाई भारतको मसुरीमा भयो। मुम्बइबाट ग्रयाजुएसन, स्कटल्याण्डबाट मार्केटिङ र फाइनान्सको मास्टर्स डिग्री लिएपछि उनले केही समय एचएसबीसीमा काम गरिन्। पढाइ सकेर नेपाल फर्किए लगत्तै जे वाल्टर थम्पसन कम्पनीमा काम थालिन्। त्यहाँ उनले युनिलिभर र एनसेल जस्ता ठूला कम्पनीका प्रोजेक्टहरू गरिन्। 

उनी मार्केटिङका किताब धेरै पढ्छिन्। मार्केटिङको 'स्ट्रेन्थ' आवश्यकताअनुसार परिवर्तन भइरहन्छ। कसरी कस्टमरका अघि उभिनेदेखि कस्ता अडियन्सकहाँ कस्तो प्रोडक्ट पठाउनेसम्मका ज्ञान उनी किताबबाट लिइरहेकी हुन्छिन्। उनलाई थाहा छ, यो सबै पत्ता लगाएमा मात्र सफल भइन्छ। एकपटक सम्बन्ध बनाएर कसरी लामो समय टिकाउने र मार्केट अडियन्स पत्ता लगाएर के के बेच्न सकिन्छ भनेर अध्ययन गर्न पनि सजिलो छैन। 

मार्केटिङ मात्र होइन त्यसलाई 'रिलेट' र 'मेन्टेन' गर्नुपर्छ भन्छिन् उनी। त्यसैले त उनलाई लिएर काम गरिसकेकाहरू पटक पटक दोहोर्‍याइरहेका छन्। 'अबको १० वर्षमा त म व्यापारलाई स्टाबलिस गरिसक्छु। अनि त्यो बेलासम्म बिजनेस एक्जेक्युटिभको टप फाइभमा मेरो नाम हुनैपर्छ,' ल अफ एट्रयाक्सनमा विश्वास गर्ने प्राची भन्छिन्, 'जेका लागि समय र प्यासन हुन्छ, त्यो पूरा गर्न असम्भव हुन्न।'