लुम्बिनी इन्स्योरेन्सले थप्यो नूरप्रकाश प्रधानको कार्यकाल, बीमा क्षेत्रमा चार दसकको अनुभव

बिजमाण्डू
२०७६ मंसिर ३ गते १४:४२ | Nov 19, 2019

Tata
GBIME

काठमाडौं। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा नूरप्रकाश प्रधानलाई निरन्तरता दिएको छ । चार वर्षअघि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा भित्रिएका उनको लुम्बिनीले कार्यकाल थपेको हो।  

बीमा क्षेत्रमा उनको चार दसकको लामो कार्यानुभव छ। नेशनल इन्स्योरेन्स कम्पनीबाट बिमा क्षेत्रमा करिअर सुरु गरेका प्रधानले नेशनल लाइफ इस्स्योरेन्समा कम्पनी औपचारिकरूपमा स्थापना अघिदेखि नै काम गरेका थिए। उनले त्यहाँ २६ वर्ष काम गरे। 

नेशनल लाइफपछि एनएलजीमा पुगेका उनी चार वर्षअघि लुम्बिनीमा सीइओ भएर भित्रिएका हुन्।

बीमा क्षेत्रमा लामो अनुभव भएका उनले कम्पनी धेरै हुँदा पूँजी बराबरकै व्यापार गर्नुपर्ने बाध्यता रहेको बताए। यसले गर्दा बीमा क्षेत्रमा राम्रो पर्फरमेन्स देखाउनलाई चुनौतीपूर्ण रहेको उनको धारणा छ।