बोटलर्सका कर्मचारीलाई तलवभन्दा भत्ता बढि, सिइओको तलव ९६ लाख, भत्ता तीन करोड १३ लाख 

बिजमाण्डू
२०७६ मंसिर १ गते १४:१८ | Nov 17, 2019
बोटलर्सका कर्मचारीलाई तलवभन्दा भत्ता बढि, सिइओको तलव ९६ लाख, भत्ता तीन करोड १३ लाख 


Tata
GBIME
Nepal Life

काठमाडौं। बोटलर्स नेपाल लिमिटेड (समूह) को नाफा एक अर्ब चार करोडबाट घटेर ७३ करोड ९१ लाख रुपैयाँमा झरेको छ। नाफा घटे पनि कम्पनीको कर्मचारी खर्च भने बढिरहेको छ ।

समूहअन्तर्गत बोटलर्स नेपाल बालाजु र तराइमा छ । बालाजुले तराइकै बहुमत शेयर बोकेको छ ।

बोटलर्स बालाजुको प्रति शेयर मूल्य १७९५ रुपैयाँ छ। तराईको भने ६३७५ रुपैयाँ छ। 

बालाजुले यसपाली लाभांस बाँडेन भने तराईले ४० रुपैयाँका दरले नगद लाभांस बाँडेको छ।

बालाजुले लाभांस नबाँडेका कारण शेयर मूल्य पनि घटिरहेको छ। 

कम्पनीको वार्षिक साधारणसभाले लाभांस पारित गरिसकेको छ। कम्पनीले सार्वजनिक गरेको वार्षिक विवरणमा उल्लेख भएअनुसार, यहाँका कर्मचारीले तलवभन्दा बढि भत्ता लिने गरेका छन्।

कम्पनीको प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृतमा प्रदीप पाण्डे छन् । उनले तलब ९६ लाख रुपैयाँ बुझ्छन् । तर उनको भत्ता भने उच्च छ । उनले ३ करोड १३ लाख रुपैयाँ भत्ता बुझ्छन् । यसबाहेक उनले अन्य सुविधा भनेर ३५ लाख रुपैयाँ पनि बुझ्ने गरेका छन् । उनले कुल ४ करोड ४४ लाख रुपैयाँ तलव र भत्ता बुझ्ने गरेका छन् ।

कार्यदक्षताका आधारमा पनि सुविधा उपलब्ध गराइने भएकाले कम्पनीका प्रमुख कार्यकारीदेखि कर्मचारीसम्मको तलबभन्दा भत्ता बढि भएको हो। अर्कोतिर कम्पनीले आधार तलब (बेसिक सेलरी) का आधारमा सञ्चय कोषलगायत अन्य सुविधा उपलब्ध गराउँछ । दीर्घकालिन भार कम गर्नका लागि पनि कम्पनीले तलबभन्दा बढि भत्ता उपलब्ध गराएको हो । 

बालाजु र तराई दुबैतिरको नेतृत्व पाण्डेकै छ। उच्च तहका कर्मचारी भने फरक छन्। 

बालाजुका उच्च तहमा रहेका कर्मचारीको तलब ४ करोड २७ लाख रुपैयाँ छ। जबकी उनीहरुको भत्ता भने ६ करोड ६५ लाख रुपैयाँ छ । उच्च तहका कर्मचारीलाई अन्य सुविधा शीर्षकमा १ करोड ७० लाख रुपैयाँ दिइएको छ। 

तराईको उच्च तहका कर्मचारीमा माथिल्लो ब्यवस्थापनले ६९ लाख ३० हजार रुपैयाँ तलब बुझ्छन् । यसबाहेक ६२ लाख रुपैयाँ भत्ता छ भने २ लाख रुपैयाँ अन्य सुविधा छ ।

तराईमा बालाजुको कुल शेयरमध्ये ९०.७८ प्रतिशत शेयर हिस्सा छ । बाँकी ९.२२ प्रतिशत मात्र अन्यको छ । यो कम्पनीको पूँजी १२ करोड १० रुपैयाँ छ। 

बालाजुमा भने कोकाकोला साउथवेस्टको ७६.१६ प्रतिशत शेयर हिस्सा छ। गोर्खा ब्रुअरीको २२ प्रतिशत शेयर छ भने सर्वसाधारणको १.८४ प्रतिशत मात्र शेयर छ । कम्पनीको कूल शेयर पूँजी १९ करोड ४८ लाख रुपैयाँ छ।