गरिमा विकास बैंकको शाखा राजधानीको हात्तिगौंडामा, देशभर ९० शाखा

बिजमाण्डू
२०७६ कात्तिक २६ गते १६:५४ | Nov 12, 2019


काठमाडौं। गरिमा विकास बैंकले काठमाडौंको हात्तिगौंडामा शाखा खोलेको छ।

Tata
GBIME

शाखाको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले गरेका छन्। कार्यक्रममा बैंकका सञ्चालक डा आनन्दप्रसाद श्रेष्ठ पनि उपस्थित थिए।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले उद्यमशीलता विकासका लागि बैंकले पूँजी परिचालन गर्ने बताए।

बैंकका देशभर ९० शाखा पुगेका छन्। बैंकका ४६ एटिएम छन्।