हल्लाले बढेको बजार एकदिनमै पुरानै गतिमा फर्कियो, ५ अंकले सूचक घटेपनि झण्डै ३८ करोडको कारोबार




काठमाडौँ। मन्त्रिपरिषद् पुनर्गठन हुने हल्लाले सोमबार बढेको शेयर बजार पून मंगलबार घटेको छ। मंगलबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ५.६१ अंकले घटेर ११३९.९६ अंकमा ओर्लिएको छ। सोमबार बजार दोहोरो अंकले बढेको थियो।

हालका अर्थमन्त्रीका शेयर बजार प्रतिको अभिव्यक्ति प्रति रुष्ट रहेका लगानीकर्ता मन्त्रिपरिषद् पुनर्गठन हुने हल्लाको पछि लाग्दै हौसिएर कारोबार गर्दा सोमबार सूचकमा १४ अंकको वृद्धि भएको थियो। तर मंगलबार त्यस विषयका खबर सेलाएसँगै बजार पुरानै गतिमा फर्किएको नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकालले बताए। बजारमा बेला बेलामा चल्ने हल्लाले बजारलाई प्रभावित बनाउने गरेको छ। जसको असर सोमबार बजारमा देखिएको ढकालले बताए।  

TATA
SANIMA new
Jagdamba Steel

मंगलबार कारोबारको सुरुवाती १५ मिनेट बजारले बढ्ने सङ्केत गरेको भएपनी खरिद कर्ताको बलियो उपस्थिति नहुँदा बजार बजारले वृद्धिको बाटो समाउन नसकेको हो। कारोबारको पहिलो १५ मिनेट बजार स्थिर देखिएपनि त्यसपछि भने पुरै कारोबार अबधिभरिनै बजार घट्दो क्रममा रहेको थियो। साढे १२ बजेसम्म तीव्र गतिमा घटेको बजार पौने एक बजेपछि भने थामिएको थियो। तर कारोबारको अन्त सम्मनै बजारले बढ्दो गति भने समाउन सकेन।

पछिल्लो समय सूचीकृत कम्पनीले व्याज धान्न सक्ने प्रतिफल दिएको भएपनी लगानीकर्ताले भने ढुक्कले शेयर कारोबारमा सामेल भएका छैनन्। उनीहरू शेयर बजार प्रति ढुक्क हुन नसक्दा शेयर बजारले गति लिन नसकेको हो।तर केही लगानीकर्ताले घटेको अबसर छोपेर कम मूल्यमा शेयर खरिद आदेश दिन थालेका छन्।

बाध्यात्मक अवस्था रहेका लगानीकर्ताले जति मूल्य पाएपनी शेयर बिक्री गर्न थालेपछि कारोबार रकम भने बढेको एक ब्रोकर कम्पनीका सञ्चालकले बताए। तर यो बजारकालागि राम्रो सङ्केत भने नहुने उनको जिकिर छ। किनकि जतिमा शेयर माग्यो त्यतिमै शेयर पाउने प्रवृत्ति रहनुले घट्ने सङ्केत गर्ने उनको भनाई छ।

बजारमा शेयरको माग बढ्ने तर आपूर्ति कम भयो भने लगानीकर्ताले बढेर शेयर किन्छन्। जसले सूचक र कारोबार दुवै बढाउन टेवा पुर्यारउने उनको दाबी छ। त्यो बढ्दो क्रमको संकेतका रूपमा रहने उनको अनुभव छ।

मंगलबार १६१ कम्पनीका १० लाख ८२ हजार कित्ता शेयर ३७ करोड ९८ लाख रुपैयाँमा कारोबार भयो। घट्दो बजारमा मागेकै मूल्यमा शेयर पाउन थालेपछि कारोबार रकम बढेको ती ब्रोकरको भनाई छ।

पछिल्लो समय राम्रो प्रतिफल दिएका कम्पनीको मंगलबार बढी कारोबार भएको छ। मंगलबार सबैभन्दा बढी हिमालयन डिस्टिलरीको शेयर कारोबार भयो। उसको मात्रै ६ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो।

कम्पनीले १०२ प्रतिशत लाभांश घोषणा गरेपछि लगानीकर्ता उक्त कम्पनीको शेयरमा झुम्मिएका हुन्। कारोबार रकमकै आधारमा एनएमबि बैंकको दोस्रो बढी कारोबार भयो।  उसको ६ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। उसले ३५ प्रतिशत लाभांश घोषणा गरेको छ।  चिलिमे जलविद्युत कम्पनी तेस्रो बढी कारोबार हुने कम्पनी भएको छ।

मंगलबारको कारोबारमा उपसूचक मिश्रित देखिएको छ। उत्पादन मूलक बाहेक सबै उपसूचक घटेका छन्। उत्पादनमूलक सूचक ०.३७ प्रतिशतले बढेको छ। बाँकी रहेका सबै उपसूचक घटेका छन्। सबैभन्दाबढी निर्जीवन बीमा समूहको उप सूचक १.३३ प्रतिशतले घटेको छ।    
      

 


Share this Story

   

हल्लाले बढेको बजार एकदिनमै पुरानै गतिमा फर्कियो, ५ अंकले सूचक घटेपनि झण्डै ३८ करोडको कारोबार को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell