नेपाल क्लियरिङ हाउसले सेवा विस्तार गर्न पुँजी बढाउने, कर्मचारीहरुको तलबभन्दा बोनस धेरै

बिजमाण्डू
२०७६ कात्तिक २६ गते ११:१४ | Nov 12, 2019


काठमाडौं। नेपाल क्लियरिङ हाउसले आफ्नो सेवा अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने भएको छ। सेवा विस्तारका लागि पुँजी बढाएर ५० करोड रुपैयाँ पुर्याउने लक्ष्य  कम्पनीले लिएको छ। कम्पनीको सोमबार सम्पन्न आठौं वार्षिक साधारणसभाले पुँजी बढाउने क्रममा ३८ प्रतिशत बोनस शेयर पारित गरेको जनाएको छ।

Tata
GBIME
Nepal Life

साधारणसभाले कम्पनीको अधिकृत पुँजी बृद्धि गरी ५० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरेको छ। बोनस शेयर पारित सँगै चुक्ता पुँजी २९ करोड ८० लाख रुपैयाँ पुग्नेछ।

साधारणसभाले गत आर्थिक वर्षको वित्तीय विवरण तथा लेखापरीक्षण प्रतिवेद पारित गरेको छ। गत आर्थिक वर्षमा कम्पनीले २३ करोड ७७ लाख रुपैयाँ नाफ गरेको थियो। अघिल्लो वर्ष १८ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

गत वर्षको नाफाबाट कर्मचारीहरुले तीन करोड ५२ लाख रुपैयाँ बोनस प्राप्त गरेका छन्। कम्पनीमा जम्मा २८ जना कर्मचारी कार्यरत छन्। जवकी कम्पनीले कर्मचारीहरुलाई तलब भत्तामा दुई करोड ४४ लाख रुपैयाँ खर्च गरेको छ।

कर्मचारीले तलब भन्दा बोनस धेरैका पाएका छन्। प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले गत वर्ष तलब मात्रै ५१ लाख २० हजार रुपैयाँ बुझेका छन्। यस बाहेक उनले ८ लाख ५० हजार रुपैयाँ अन्य सुविधा लिएका छन्।