गोर्खाज फाइनान्स २५ बर्ष पुग्यो, उत्कृष्ट फाइनान्स कम्पनी बनाउने दावी

बिजमाण्डू
२०७६ कात्तिक २५ गते १७:०९ | Nov 11, 2019

Tata
GBIME

काठमाडौं। गोर्खाज फाइनान्स लिमिटेडले २५औँ बार्षिकोत्सव मनाएको छ। २०५१ साल कात्तिक २४ गते स्थापना भएको फाइनान्स काठमाण्डौ फाइनान्सको नामवाट २ करोड चुक्ता पूँजीबाट सुरु भएको थियो।

अहिले संस्थाको पूँजी ८६ करोड ७९ लाख रुपैयाँ पुगेको छ। काठमाण्डौ फाइनान्स र गोर्खा बिकास बैंक एक आपसमा गाभिएर २०७२ साल चैत्र २८ गते गोर्खाज फाइनान्स लिमिटेड भएको हो। 

कार्यक्रममा फाइनान्सका अध्यक्ष यादवचन्द्र राईले संस्थागत सामाजीक उत्तर दायीत्व अन्तर्गत सेतिदेवी प्रावीलाई सहयोग स्वरुप ५० हजारको चेक हस्तान्तरण गरेका छन्। साथै, भिमसेन गोला मावीलाई ३५ हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन्।

कार्यक्रममा फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङले अब गोर्खाज फाइनान्स लिमिटेड फाइनान्स कम्पनीहरुमा उत्कृष्ट फाइनान्स कम्पनी बनाउने प्रतिबद्धता ब्यक्त गरे। निकट भविष्यमा गोर्खाज फाइनान्सले आफ्नो ब्यवसाय विस्तार गर्न थप शाखा विस्तार गर्ने योजना भएको उनले जानकारी दिए।

फाइनान्सको २३ शाखा छन्।