महालक्ष्मी विकास बैंकले ऋण स्वीकृति र विश्लेषण स्वचालित बनायो, चाँडै अनलाइन आवेदन

बिजमाण्डू
२०७६ कात्तिक २४ गते १३:३६ | Nov 10, 2019
महालक्ष्मी विकास बैंकले ऋण स्वीकृति र विश्लेषण स्वचालित बनायो, चाँडै अनलाइन आवेदन


Tata
GBIME
Nepal Life

काठमाडौं। महालक्ष्मी विकास बैंकले 'लोन म्यानेजमेन्ट सिस्टम सफ्टवेयर' मार्फत आन्तरिक ऋण प्रक्रियालाई डिजिटाइज र स्वचालित गर्ने भएको छ। यसका लागि बैंकले एसबी सोलुसन्स प्रालिसँग सम्झौता गरेको छ। 

बैंकका सामान्य सेवा विभाग प्रमुख रघुनाथ कोइराला र एसबी सोलुसन्सका प्रमुख बिपुल ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

'लोन म्यानेजमेन्ट सिस्टम' मार्फत् बैंकले आन्तरि ऋण तथा त्यस फाइलको स्वीकृति प्रकृयालाई स्वचालित र डिजिटलाइज गर्न सक्नेछ। यसबाट बैंकलाई ग्राहकको ऋणका फाइलसम्बन्धी कामको स्वीकृति र विश्लेषण गर्न प्रत्यक्ष फाइदा पुग्नेछ। 

बैंकले चाँडै नै अनलाइनबाट ऋण लिन योग्य हो/होइन भन्ने सेवाको पनि सुरुवात गर्ने छ। यसबाट ग्राहकले अनालइनबाटै ऋणका लागि आवेदन दिन सक्नेछन्। 

बैंकका एक लाखभन्दा बढी ग्राहक छन्। बैंकका देभर १०० भन्दा बढि शाखा छन्।