सवारी साधनका बिक्रेताहरुको संगठन नाडालाई निर्वाचन लाग्यो, नेतृत्वका लागि जोड-घटाउ सुरु





काठमाडौं। सवारी साधन तथा पार्टपुर्जाको आयातकर्ता तथा विक्रेताहरुको संगठन नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाललाई पनि निर्वाचन लागेको छ।

नाडाले १८ जना केन्द्रीय सदस्यको निर्वाचन गर्ने भएको छ। नाडाले यसका लागि पुष ४ गते ४३ औं वार्षिक साधारणसभा डाकेको छ। साधारणसभाले आगामी दुई वर्षका लागि अध्यक्ष तथा पदाधिकारी र सदस्यहरु निर्वाचित गर्ने छ। 

साधारणसभामा नाडाले गत आर्थिक बर्षको वित्तीय विवरण र बजेट प्रस्तुत गर्नुका साथै त्यसमाथि छलफल गर्नेछ। आगामी आर्थिक वर्षमा लेखापरीक्षको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने नाडाले जनाएको छ।

TaTa
TVS
Sanima

नाडाका वर्तमान अध्यक्ष शम्भु दाहाल हुन्। निर्वाचन घोषणासँगै नाडामा अध्यक्ष तथा पदाधिकारीका लागि जोडघटाउ सुरु भइसकेको छ।


Share this Story

   

सवारी साधनका बिक्रेताहरुको संगठन नाडालाई निर्वाचन लाग्यो, नेतृत्वका लागि जोड-घटाउ सुरु को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
ncell