BIZMANDU
www.bizmandu.com

सवारी साधनका बिक्रेताहरुको संगठन नाडालाई निर्वाचन लाग्यो, नेतृत्वका लागि जोड-घटाउ सुरु

२०७६ कात्तिक १५

सवारी साधनका बिक्रेताहरुको संगठन नाडालाई निर्वाचन लाग्यो, नेतृत्वका लागि जोड-घटाउ सुरु
सवारी साधनका बिक्रेताहरुको संगठन नाडालाई निर्वाचन लाग्यो, नेतृत्वका लागि जोड-घटाउ सुरु


काठमाडौं। सवारी साधन तथा पार्टपुर्जाको आयातकर्ता तथा विक्रेताहरुको संगठन नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाललाई पनि निर्वाचन लागेको छ।

Tata
GBIME
Nepal Life

नाडाले १८ जना केन्द्रीय सदस्यको निर्वाचन गर्ने भएको छ। नाडाले यसका लागि पुष ४ गते ४३ औं वार्षिक साधारणसभा डाकेको छ। साधारणसभाले आगामी दुई वर्षका लागि अध्यक्ष तथा पदाधिकारी र सदस्यहरु निर्वाचित गर्ने छ। 

साधारणसभामा नाडाले गत आर्थिक बर्षको वित्तीय विवरण र बजेट प्रस्तुत गर्नुका साथै त्यसमाथि छलफल गर्नेछ। आगामी आर्थिक वर्षमा लेखापरीक्षको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने नाडाले जनाएको छ।

नाडाका वर्तमान अध्यक्ष शम्भु दाहाल हुन्। निर्वाचन घोषणासँगै नाडामा अध्यक्ष तथा पदाधिकारीका लागि जोडघटाउ सुरु भइसकेको छ।