आरबीबी मोबाइल बैंकिङ मेलाका ५ पुरस्कृत, १० लाख मोबाइल बैंकिङको ग्राहक रहेको दाबी

बिजमाण्डू
२०७६ कात्तिक ३ गते १७:२१ | Oct 20, 2019
आरबीबी मोबाइल बैंकिङ मेलाका ५ पुरस्कृत, १० लाख मोबाइल बैंकिङको ग्राहक रहेको दाबी

Tata
GBIME

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले गरेको आरबीबी मोबाइल बैंकिङ मेलामा विजयी भएका पाँच जनालाई पुरस्कृत गरिएको छ। बैंक र एफवान सफ्टको सहकार्यमा भएको मेलामा ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौंट भएका पाँच जनालाई पुरस्कृत गरिएको हो।

बैंकका अनुसार कैलाश सुवालले थाइलैण्ड भ्रमणको कपल टुर मेगा पुरस्कार प्याकेज पाएका छन् भने सनम राई, ध्रुबकुमार शाही, प्रकाश बोहोरा, हिरा खनाल पोखरेल र सुजन पराजुलीले मोवाइल फोन पाएका छन्।

विजयीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद लम्साल र एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले पुरस्कार हस्तान्तरण गरे। हाल बैंकका १० लाख भन्दा बढी मोबाइल बैंकिङ्गका ग्राहक रहेको दाबी गरेको छ।

लम्सालले यो कार्यक्रममार्फत युवा ग्राहकहरुलाई बैंकमा आकर्षण गर्न खोजेको बताए। एफवान सफ्टका शर्माले बैंकसँग २००९ देखि मोबाइल बैंकिङ्गमा सहकार्य गर्न पाउदा खुसी लागेको बताए।

कार्यक्रममा बैंकका विभागीय प्रमुखहरु रिको स्थापित, कमलेश ठाकुर, सरोज बस्नेत लगायत बैंकका कर्मचारीहरु र एफवान सफ्टका अनिलरत्न तुलाधर लगायतको उपस्थिति रहेको थियो ।