सीमावर्ती बजार रक्सौलमा साँघुरो सडकले दैनिक घन्टौ जाम, दशैं किनमेलमा गएका नेपालीहरुलाई सास्ती

बिजमाण्डू
२०७६ असोज १९ गते ११:३७ | Oct 6, 2019


रक्सौल। वीरगंजको भारतीय सीमावर्ती बजारको रुपमा चिनिन्छ । बिहारको बेतियार लोक सभा क्षेत्रको रक्सौल बजार । नेपाल भारतको मुख्य व्यापारिक नाकाको रुपमा पनि रक्सौलको नाता नेपालसंग पुरानो छ ।

Tata
GBIME
Nepal Life

दुबै शहरलाई श्रीसिया खोलाको माथि निर्माण गरिएको मितेरी पुलले जोड्छ । मितेरी पुल भन्दा उत्तर नेपाल र मितेरी पुलको दक्षिणमा रक्सौलको कस्टम,त्यसपछि रेल्वे ट्रयाक पार गरेपछि रक्सौलको बजार पुगिन्छ ।

नेशनल हाइवे २८ ले यी दुबै शहरको अवागमनलाई जोडेपनि लामो समयदेखि सडक विस्तार नहुदाँ र रेल्वे लाइनमा ओभर ब्रिज नबन्दा दुबै देशका हजारौ जनता दैनिक मारमा पर्ने गरेका छन् ।

नेपाली ग्राहक र उपभोक्ताले किनमेल गर्ने बजार रक्सौल पर्ने भएकोले पनि चाडबाडको बेला रक्सौलमा नेपाली उपभोक्ताको घुइचो लाग्छ।
साइकल, मोटरसाइकल र अटो रिक्सामा नेपालबाट दिनहुँ सयौ ग्राहक रक्सौल जान्छन् तर सहज यातायातको सुविधा नहुदाँ नेपाली ग्राहक दैनिक दुईतीन घण्टा जाममा फस्नुको साथै रक्सौलको बजार गर्न एक दिन खर्चिनु पर्ने बाध्यता छ ।

रक्सौलका एक जना किराना व्यवसायी अशोक प्रसाद यहाँको सडक जामको समस्यालाई राजनीतिक दोष भन्छन्। उनले भने –‘जब सम्म रक्सौलमा भाजपाको राज रहन्छ,तब सम्म दुबै देशका जनताले यस्तै समस्या भोग्नु पर्छ ।’ उनले भाजपाका हालका बेतियार लोक सभा सासद सन्जय जैसवाल तीन पटक अर्थात १५ वर्ष र निजका बुवा मदन जैसवालले २ कार्यकाल अर्थात १० वर्ष गरी २५ वर्ष राज गरेपनि रक्सौलको उभो लाग्न नसकेको आरोप लगाए  नेताहरुले रक्सौलको भविष्यको राजनीति नगरी आफनो पेट पाल्ने र राजनीतिक दाउ सेक्ने काम मात्र गरेको उनको भनाई छ।

दुबै देशका साझा एजेन्डा ओभरब्रिजको काममा पनि केन्द्र सरकारले पहल गरेपनि तिव्रगतिमा काम नभएको रक्सौलका व्यापारीहरुले गुनासो गरे।

साँघुरो सडक, अव्यवस्थित नाला र ट्राफिक जाम व्यवस्थापन गर्न नसक्दा व्यापारमा पनि नकारात्मक असर पर्ने गरेको उनीहरुको भनाई छ ।
सबैले रक्सौलको सडक विस्तार चाडै गर्नु पर्ने,नाला,ट्राफिक जामको समस्या र ओभर ब्रिजको सञ्चालन चाहेको माग राखेका छन् ।