टिकाको दिन काठमाडौंमा सनराइज बैंकले पनि निशुल्क बस चलाउँदै, सार्वजनिक गर्यो दुईवटा रुट

बिजमाण्डू
२०७६ असोज १८ गते १३:३७ | Oct 5, 2019

Tata
GBIME

काठमाडौं। बडा दशैंको अवसरमा सनराइज बैंकले निःशुल्क बस यात्राको सुविधा दिने भएको छ।  आफ्नो १२औं वार्षिक उत्सवको अवसर र बडा दशैंका अवसरमा बैंकले निशुल्क बस यात्राको सुविधा प्रदान गर्ने  जनाएको हो।

दशैंको बेला काठमाडौंमा सार्वजनिक यातायातको अभाव हुने  भएकाले केही हदसम्म त्यस अभावलाई पूरा गर्न बस सेवा संचालन गर्न लागिएको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। बस बुढानिलकण्ठ देखि लगनखेलको रुट र चक्रपथ परिक्रमाको रुटमा चल्ने छ।

दशैको टिकाको दिन अथात् आश्विन २१ गते, मंगलबार बैंकले बस संचालन गर्ने जनाएको छ ।“सनराइज दशैं यात्रा हामी संग संगै” भन्ने नाराको साथ बैंकले काठमाडौंको दुईवटा रुटमा बस सेवासंचालन गर्ने बिज्ञप्तीमा जनाइएको छ।