दक्षिण एशियाकै नमुना औद्योगिक क्षेत्रको निर्माण शुभारम्भ, चीनले एक खर्ब लगानी गर्ने

बिजमाण्डू
२०७६ असोज १६ गते १६:५९ | Oct 3, 2019
दक्षिण एशियाकै नमुना औद्योगिक क्षेत्रको निर्माण शुभारम्भ, चीनले एक खर्ब लगानी गर्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। झापाको दमकमा बन्ने दक्षिण एशियाकै नमुना चीन नेपाल मैत्री औद्योगिक पार्कको निर्माण शुभारम्भ भएको छ।

लगानी बोर्ड र चिनियाँ कम्पनी लासा इकोनोमिक एण्ड टेक्नोलोली डेभलपमेन्ट जोन जिङपिङ जोइन्ट कन्ट्रक्सनले संयुक्त रुपमा विहिबार पार्क निर्माणको शुभारम्भ गरेका हुन्।

यो औद्योगिक क्षेत्रमा १ खर्ब रुपैयाँ लगानी हुनेछ भने १० हजार भन्दा बढीले रोजगारी पाउने दाबी गरिएको छ। औद्योगिक क्षेत्र १० लाख वर्गमिटरमा फैलिनेछ। कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले यो परियोजनाबाट दुई देशबीचको सम्वनध सुमधुर बनाउने विश्वास लिए।

दुई वर्ष अघि औद्योगिक क्षेत्र अध्ययन गर्न आएको १२ सदस्यीय चिनियाँ टोली नेपाल आएको थियो। ल्हासा आर्थिक तथा प्राविधिक विकास क्षेत्रको कार्यकारी समितिका उपसचिव लिउ रुपेङ नेतृत्वको अध्ययन टोलीले चीन नेपाल इन्डस्ट्रियल पार्क निर्माणको समझदारीपत्रबारे स्थानीय सरोकार भएका पक्ष र नगरपालिकाका प्रतिनिधिसँग छलफल गरेको थियो।

त्यही बेला नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले चीन सरकारले तीन खर्ब ३३ अर्बको लगानीमा औद्योगिक उद्यान बनाइदिनेसम्बन्धी सम्झौता यसअघि नै भइसकेको जानकारी दिएका थिए।

चिनियाँ उद्योगी, व्यवसायीको एक टोलीले दमकमा बनिने दुईवटा योजनाको स्थलगत अवलोकन गरेको छ। चिनियाँ ग्लोबल एनजीओ युनियनका उपाध्यक्ष चउ हुई जोनको नेतृत्वमा दमक आएका नौ सदस्यीय टोलीले यहाँका दुई योजनास्थलको अवलोकन भ्रमण गरेको थियो।