दशैको बस टिकट लाईनमा होइन अनलाईनमा, बस सेवा डटकमबाट घरमै बसेर टिकट काट्न मिल्ने

बिजमाण्डू
२०७६ असोज ६ गते १२:२० | Sep 23, 2019
दशैको बस टिकट लाईनमा होइन अनलाईनमा, बस सेवा डटकमबाट घरमै बसेर टिकट काट्न मिल्ने

Tata
GBIME
NLIC

काठमाडौं। दशैलाई लक्षित गर्दै सरकार र यातायात व्यवसायीको समन्वयमा अग्रिम टिकट बुकिङ खुल्यो।

अग्रिम टिकट खुल्ने अघिल्लो दिननै टिकट काट्ने स्थान नयाँ बसपार्क, गौशाला,चावहिल, पूरानो बसपार्क, कोटेश्वर, कलंकी, सुन्धारा लगायतका स्थानमा मध्यरातनै यात्रु लाइनमा बसे।

यो भीड नयाँ बसपार्कमा अझ धेरै छ। १२/१३ घण्टा लाइन बस्दा पनि टिकट पाउन धौधौ भयो। यो समस्या हरेक वर्ष हुने गर्छ। प्रविधिमार्फत मोबाइलमार्फत टिकट काट्ने व्यवस्था भएपनि यात्रु भने घण्टौं लाइनमा बसे।

बस सेवा डट कममार्फत बसको टिकट काट्न सकिन्छ। औपचारिक रुपमा बस सेवाले पनि आइतबारदेखिनै अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ। ४४ सय यात्रुले अनलाईनमार्फत टिकट बुकिङ गरेको बस सेवाका संस्थापक पर्शुराम खनालले जानकारी दिए। उनका अनुसार बस सेवासँग ६ हजार सीट दैनिक रुपमा उपलब्ध हुनेछन्।

दाङमा राप्ती यातायात प्राली,बुटवलमा पश्चिम नेपाल बस व्यवसायी, पूर्वमा  मकालु, मेट्रो, पोखराका  लागि जगदम्बा यातायात, साझा यातायात लगायत मुलुकका मूख्य गन्तव्यका लागि टिकट काट्न सकिन्छ। नेपाल बाहिरका लागि मन्जुश्री यातायातसँग समन्वय गरिएको छ। बस सेवाले १ सय १० वटा कम्पनीसँग समन्वय गरेर सेवा दिएको उनले बताए।

कम्पनीका अनुसार गत बर्ष मात्रै ७ देखि ८ सय दैनिक सीटहरु उपलब्ध थिए। तर अहिले व्यवसायीहरु र यात्रु  दुवै उत्साहित भएपछि बस सेवासँग ६ हजार सिट दैनिक ६ हजार उपलब्ध छ। बस सेवा मार्फत टिकट बुकिङ  गर्दा इसेवा, आईएमई, प्रभु, लगायतका पेमेन्ट वे र सबै बैकको इन्टरनेट बैकिङ मार्फत पेमेन्ट गर्न सकिने खनालले बताए।