एनआईसी एशिया बैंकको संचालकबाट जगदीश हटे, बाँकी कार्यकालका लागि निकुञ्ज अग्रवाल




काठमाडौं। एनआईसी एशिया बैंकको संचालकमा निकुञ्ज अग्रवाल नियुक्त भएका छन्। उनी जगदीशप्रसाद अग्रवालको सट्टामा बाँकी कार्यकालका लागि सञ्चालक नियुक्त भएका हुन्।

राष्ट्र बैंकले बैंक सञ्चालक पदमा रहनका लागि अधिकतम उमेर ७० वर्ष  तोकेको छ। सञ्चालक भइसकेको भए ७४ वर्ष पुगेपछि पद त्याग्नुपर्ने व्यवस्था गरिएको छ। यही व्यवस्थापछि जगदीशले सञ्चालक पद छाडेका हुन्।

TaTa
TVS
Sanima

बीसौं वार्षिक साधारणसभाबाट जगदीश अग्रवाल चार वर्षको अवधिका लागि सञ्चालक नियुक्त भएका थिए। साधारणसभा सम्पन्न भएको दुई वर्ष भएको छ। बाँकी दुई वर्षको लागि निकुञ्जले जिम्मेवारी बहन गर्ने छन्।


Share this Story

   

एनआईसी एशिया बैंकको संचालकबाट जगदीश हटे, बाँकी कार्यकालका लागि निकुञ्ज अग्रवाल को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
ncell