दश वर्षमा सिन्धु विकास बैंकले २० ठाउँबाट कारोबार थाल्यो, नयाँ शाखा चितवनको भरतपुरमा




काठमाडौं। सिन्धु विकास बैंकले चितवनको भरतपुरस्थित विकासचोकमा शाखा स्थापना गरेको छ । विकास चोक शाखाको चितवन उद्योग बाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानले उद्घाटन गरे।

बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशीले बैंकको हाल सम्मको प्रगती तथा भावी कार्यक्रमको बारेमा जानकारी दिएका थिए।

Tata
Jagdamba Steel
Sanima Bank

बैंकले  निकट भविष्यमा नै चितवनको नारायणगढ, चनौली, लाहुरे चोक र मकवानपुरको हेटौंडा बजार लगायत विभिन्न स्थानहरुमा बैंकको शाखा तथा सिमित बैंकिङ्ग ईकाई कार्यालय स्थापना गर्ने जनाएको छ।

२०६७ साल भाद्र २४ गतेबाट सिन्धुपाल्चोकको बाह्रविसेमा कार्यालय स्थापना गरी बैंकले कारोवार सुरुवात गरेको हो।

बैंकले १०औं बार्षिकोत्सवको अवसर पारी काभ्रेको बनेपास्थित चण्डेश्वरी मन्दिरमा डस्टबिन लगायतका सामाग्री बितरण गरेको छ ।

प्रधान कार्यालय बाह्रविसे, बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे, पनौती, टाँडी, पर्सा, पालुङ्ग र विकासचोक गरी बैंकको १८ शाखाबाट कारोबार भएको छ।

सुकुटे तथा सिलढुङ्गामा सिमित बैंकिङ्ग ईकाई कार्यालय स्थापना गरी बैंकले कुल हाल २० स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको जनाएको छ ।  

 


Share this Story

   

दश वर्षमा सिन्धु विकास बैंकले २० ठाउँबाट कारोबार थाल्यो, नयाँ शाखा चितवनको भरतपुरमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell