प्रुडेन्सियल इन्स्योरेन्स र गुराँस लाइफले पुँजी बढाउँदै, हकप्रद शेयर जारी गर्न आवेदन दियो

बिजमाण्डू
२०७६ भदौ २४ गते १३:१६ | Sep 10, 2019

Tata
GBIME
Nepal Life

काठमाडौँ। प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पुँजी बढाउन हकप्रद शेयर निष्कासन गर्ने भएका छन्।

दुबै कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्।

प्रुडेन्सिएल इन्स्योरेन्सले १० शेयर बराबर ६ शेयरको दरमा हकप्रद निष्कासन गर्ने अनुमति मागेको छ भने गुराँस लाइफले शतप्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति मागेको छ।

प्रुडेन्सिएल इन्स्योरेन्स ले ३८ करोड ४९ लाख रुपैयाँ बराबरको ३८ लाख ४९ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्दै छ। हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड १५ लाख रुपैयाँ रहेको छ।

उसको जगेडा कोषमा १९ करोड २१ लाख रुपैयाँ रहेको छ। गत वर्ष कम्पनीले १३ करोड १७ लाख रुपैयाँ खुद नाफा गरेको थियो। प्रति शेयर आम्दानी २० रुपैयाँ ५३ पैसा रहेको कम्पनीको प्रति शेयर नेटवर्क २०८ रुपैयाँ ७१ पैसा रहेको छ।

गत वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको कुल चुक्ता पुँजी ९२ करोड ९४ लाख रुपैयाँ रहेको छ। उसको जगेडा कोषमा २७ करोड रुपैयाँ रहेको छ।

प्रति शेयर आम्दानी ८ रुपैयाँ २२ पैसा रहेको छ भने प्रति शेयर नेटवर्क १३३ रुपैयाँ ९२ पैसा रहेको छ। हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी करिब एक अर्व ८४ करोड रुपैयाँ पुग्ने छ।