सुन तोलामा ७ सयले घट्यो, मंगलबार एक तोलाको ७१ हजारमा कारोबार, चाँदीमा पनि गिरावट

बिजमाण्डू
२०७६ भदौ २४ गते ११:४१ | Sep 10, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। मंगलबार पहेंँलो धातु सुनको मूल्य घटेको छ। अघिल्लो दिनको भन्दा प्रति तोला सुनको मूल्यमा सात सय रुपैयाँले  कमी आएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारकालागि प्रति तोला सुनको मूल्य ७१ हजार रुपैयाँ तय गरिएको छ।

सोमबार प्रति तोला सुन ७१ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा समेत गिरावट देखिएको छ। प्रति तोला चाँदीको मूल्य १० रुपैयाँले घटेको हो। चाँदी तोलाको आठ सय ७० रुपैयाँमा कारोबार भएको छ। सोमबार चाँदिको मूल्य आठ सय ८० रुपैयाँ कायम रहेको थियो।

अन्तराष्ट्रिय बजारमा मूल्य घटेका कारण सुनचाँदीको मूल्यमा कमी आएको महासंघले जनाएको छ।