राष्ट्र बैंकले कारवाही गर्ने भएपछि जीवन भट्टराई सेञ्चुरीबाट आउट, ऋण दूरुपयोग बारे उजुरीका चाङ

बिजमाण्डू
२०७६ साउन २९ गते १०:११ | Aug 14, 2019
राष्ट्र बैंकले कारवाही गर्ने भएपछि जीवन भट्टराई सेञ्चुरीबाट आउट, ऋण दूरुपयोग बारे उजुरीका चाङ

Tata
GBIME

काठमाडौं। नेपाल राष्ट्र बैंकले कारवाही अगाडि बढाउने भएपछि सेञ्चुरी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले राजीनामा गरेका छन्।

सेञ्चुरी बैंक स्थापनादेखि नै दोस्रो बरियातामा रहेर काम गरेका उनी कामु प्रमुख कार्यकारी अधिकृतसम्म भएका थिए। राष्ट्र बैंक सुपरिवेक्षण विभागमा ऋण लगानीजस्ता बिषयमा अनियमितता गरेको उजुरी परेको थियो।

उजुरीमाथि छानबिन गर्दा कतिपय फाइलमा गडबडी देखिएको थियो। त्यसका आधारमा राष्ट्र बैंकले उनीसँग जाँचबुझ गरिरहेको थियो। 'कतिपय गर्नै नहुने काम गरेको पनि हामीले फेला पार्यौं'। राष्ट्र बैंक स्रोतले भन्यो, 'उजुरीका त चाङ नै छन्।'

कारवाहीमा परिने डरले भट्टराईले राजीनामा गरेको अनुमान बैंक स्रोतको छ। यद्यपी उनले बैंक ब्यवस्थापन र सञ्चालक समितिलाई भने अर्थशास्त्रमा विद्यावारिधि गर्ने जानकारी दिएका छन्। कतिपयले भने सिइओसँग खटपट पर्न थालेकाले उनले राजीनामा गरेको दावीसमेत गरेका छन्।