भुक्तानी सेवा प्रदायकको काम गर्न पे नेप प्रालिलाई अनुमति, यस्तो छ प्रबर्द्धकहरुको पृष्ठभूमि

बिजमाण्डू
२०७६ साउन २८ गते २०:३० | Aug 13, 2019
भुक्तानी सेवा प्रदायकको काम गर्न पे नेप प्रालिलाई अनुमति, यस्तो छ प्रबर्द्धकहरुको पृष्ठभूमि


काठमाडौं। भुक्तानी सेवा प्रदायकको काम गर्नका लागि पे नेप प्रालिले राष्ट्र बैंकबाट स्वीकृति पाएको छ। 

Tata
GBIME

राष्ट्र बैंकका भुक्त्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले स्वीकृतिको प्रमाणपत्र कम्पनीका अध्यक्ष भुपेन्द्र भण्डारीलाई हस्तान्तरण गरेका छन्। 

पे नेप प्रालि भुक्तानी सेवा प्रदायकको अनुमति पाउने छैठौं कम्पनी हो। 

प्रमाणपत्र लिएपछि अध्यक्ष भण्डारीले सबै बैंक तथा वित्तीय संस्था र गैरपारम्परिक व्यवसायी समूहहरूसँग द्रुत रूपमा भुक्तानी डिजिटाइजेसनको लागि एकीकरण गर्न दृढ रहेको बताए। उनले मोरू वालेटका युएसपीहरूको बारेमा समेत जानकारी गराएका थिए। 

भण्डारीसँग टेलिकम क्षेत्रमा स्वदेश तथा विदेशमा व्यवस्थापन टिममा तथा सीईओको रूपमा समेत गरि १२ बर्षको अनुभव र नेपालका बिभिन्न बैंक तथा बित्तिय संस्थाहरुमा सीईओको रूपमा ५ बर्ष भन्दा बढी समय कार्य गरेको व्याबसायिक अनुभव छ। 

प्रबन्ध निर्देशक मनोज घिमिरे हुन्। उनीसँग लग पोइन्ट नेपाल, एन लोकेट र बिज सर्भ आइ टि को संस्थापक सीईओको रूपमा कार्य गरेको प्राबिधिक अनुभव छ। कम्पनीका अन्य संचालक अच्यूतराज जोशी तथा पुरुषोत्तमप्रसाद मैनाली छन्।  

कम्पनीका संस्थापक सदस्यहरु विभिन्न शैक्षिक परिवेशबाट आउनुका साथै देश विदेशका विभिन्न संस्थामा प्रमुख कार्यकारी लगायत लेखापरिक्षक, उच्च स्तरमा प्रबन्धक, परामर्शदाता र व्यबसायिको रुपमा कार्य गरेको अनुभव छ। कम्पनीले भिन्न तरिका तथा सुबिधाका साथ नेपाली बजारमा भरपर्दो भुक्तानी सेवा प्रदायकको रुपमा स्थापित हुने उद्देश्य राखेको छ।