नारायणदास मानन्धरलाई काममा फर्किन अदालतले बाटो खोलिदियो, सञ्चालकको हकमा के हुन्छ?

बिजमाण्डू
२०७६ साउन २८ गते २०:१८ | Aug 13, 2019


काठमाडौं। राष्ट्र बैंकले अवकाश उमेर तोकेपछि स्वत सेवा निबृत्त भएका प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरलाई काममा फर्किन बाटो खुलेको छ।

Tata
GBIME

उनले गत २२ गते हालेको मुद्दामा मंगलबार अन्तरिम आदेश दिँदै सर्बोच्चका प्रधान न्यायाधिस चोलेन्द्र शम्शेर राणाले काममा फर्किन बाटो खोलिदिएका हुन्।

राष्ट्र बैंकले प्रमुख कार्यकारीको उमेर हद ६५ र कार्यरत भए ६९ बर्ष उमेर हद तोकेको थियो। सञ्चालकको हकमा ७० र कार्यरत भए ७४ बर्ष उमेर हद तोकेको थियो।

राष्ट्र बैंकको निर्णयपछि मानन्धर अदालत पुगेका थिए। राष्ट्र बैंकको निर्णयले केही सञ्चालकहरु स्वत निबृत्त भए पनि मुद्दामा गएका छैनन्। मानन्धरको पक्षमा आएको अन्तरिम आदेशले अरुलाई पनि मुद्दा लड्न सजिलो भएको छ।

मुद्दाको अन्तिम टुङ्गो भने लागिसकेको छैन।