एनएमबिको विशेष साधारणसभा: ओम गाभ्ने प्रस्ताव पारित, शेयर मूल्य अनुपात पनि स्वीकृत

बिजमाण्डू
२०७६ साउन २८ गते १७:२६ | Aug 13, 2019
एनएमबिको विशेष साधारणसभा: ओम गाभ्ने प्रस्ताव पारित, शेयर मूल्य अनुपात पनि स्वीकृत

Tata
GBIME
Nepal Life

काठमाडौं।एनएमवि बैंकको विशेष साधारणसभाले ओम डेभलपमेन्ट गाभ्ने प्रस्ताव पारित गरेको छ।बैंकले पूँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्धेश्यसहित ओम गाभ्ने निर्णय सर्वसम्मतीले पारित गरेको जनाएको छ।

 एनएमबि र ओमको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००: ७६ रहने  स्वीकृति साधारण सभाले प्रदान गरेको छ। ओमका शेयरधनीहरुले प्रत्येक १०० कित्ता बराबर एनएमबिको ७६ कित्ता शेयर प्राप्त गर्नेछन्।

मर्जरपछि एनएमबि बैंकको कूल पूँजी तथा जगेडा कोषमा बृद्धि भई रु.२० अर्ब ४२ करोड हुनेछ भने निक्षेप र कर्जा क्रमशः १ खर्ब १९ अर्ब र रु. १ खर्ब १३ अर्ब पुग्नेछ।