सुनको भाउ नयाँ उचाईंमा पुग्यो, एक तोलाको ७१ हजार पुगेपछि कारोबार शून्य, चाँदीको पनि बृद्धि

बिजमाण्डू
२०७६ साउन २८ गते ११:५५ | Aug 13, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। सुनको भाउले नयाँ उचाईं छोएको छ। केही दिन स्थिर रहेको सुनको भाउ मंगलबार एक हजार रुपैयाँले बढेको छ। 

मंगलबार छापावाल सुन तोलाको ७१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। यसअघि तीनदिनसम्म सुन तोलाको ७० हजारमा कारोबार भएको थियो।

सुनको भाउमा लगातारको बृद्धिले यसपटकको चाडबाडमा पहेंलो धातुको कारोबार खासै नहुने देखिन्छ। सुनको भाउ उच्च भएपछि केही समयदेखि सुन पसलहरुमा ग्राहकको भिड घटेको छ।

सुनसँगै चाँदीको भाउमा पनि बृद्धि भैरहेको छ। सोमबारभन्दा १० रुपैयाँ बढेर मंगलबार चाँदी तोलाको ८३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ। अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसैको असरले आन्तरिक बजारपनि प्रभावित भएको हो।

ट्रेड वार तथा अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाएपछि लगानीकर्ताहरु सुनतर्फ आकर्षित भएकाले अन्तराष्ट्रिय बजारमा सुनको भाउ निरन्तर बढ्दै गएको छ।