ग्रामीण विकास लघुवित्तको तीन जिल्लामा स्वास्थ्य शिविर संचालन, १ हजारभन्दा बढीले सेवा लिए

बिजमाण्डू
२०७६ साउन २६ गते १७:३० | Aug 11, 2019

Tata
GBIME

काठमाडौं। ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले स्वास्थ्य शिविर संचालन गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले तीन जिल्लामा सर्वसाधारणलाई स्वास्थ्य सेवा दिएको हो।

रुपन्देहीको गैडहवा गाउँपालिका मंगलपुर, महोत्तरीको मनरा सिसवा नगरपालिका र कैलालीको गौरीगंगा नगरपालिका मसुरियामा स्वास्थ्य शिविर सचालन गरेको संस्थाले जनाएको छ।

पाँचौ वार्षिकोत्सवको अवसरमा संस्थाले ति स्थानहरुमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको जारी बिज्ञप्तीमा उल्लेख छ।

शिविरबाट एक हजारभन्दा बढी सर्वसाधारणले स्वास्थ्य परीक्षण सेवा लिएको संस्थाले जानकारी दिएको छ।