भुक्तानी प्रदायक कम्पनी सेलकमले सेलपे सेवा सुरु गर्यो, छुट्टै वालेट नबनाइकनै भुक्तानी

बिजमाण्डू
२०७६ साउन १५ गते १०:३२ | Jul 31, 2019
भुक्तानी प्रदायक कम्पनी सेलकमले सेलपे सेवा सुरु गर्यो, छुट्टै वालेट नबनाइकनै भुक्तानी

Tata
GBIME
Nepal Life

काठमाडौं। भुक्तानी सेवा प्रदायक सेलकम प्रालिले  सेलपे सेवा सञ्चालनमा ल्याएको छ। राष्ट्र बैंकले अनुमति दिएपछि कम्पनीले मंगलबारबाट औपचारिक सेवा सुरु गरेको हो। 

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशनको माध्यमबाट विनाकुनै वालेट बनाई आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने छ। सेलपे सेवा विभिन्न अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रणाली अनुपालन गरी विकसित गरिएको कम्पनीले जनाएको छ।
 
विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्ट, सिनेमा हलहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनीट्रान्सफर आदिमा रियल टाइम भुक्तानी गर्न सकिने छ।

कुनै ग्राहकले कुनै पनि भुक्तानीका लागि अनुरोध सम्प्रेषण गर्छ तब तुरुन्तै निजको बैंकको खातामा संचित रकमबाट निर्देष भएबमोजिमको रकम कट्टी भई जसलाई भुक्तानी गरिनु पर्ने हो उसको बैंक खातामा रकम जम्मा हुनेछ। यसरी कुनै वालेट बिना नै विभिन्न भुक्तानीहरु गर्न सकिनु सेलपे सेवाको मुख्य विशेषता रहेको विज्ञप्तिमा उल्लेख छ।

सेवा सुरु गर्नुअघि गुगलप्लेस्टोर वा एप्पल एप्पस्टोर वा कम्पनीको वेबसाईटमा गई सेलपे एप्प स्मार्टफोनमा डाउनलोड गर्नु पर्ने हुन्छ। त्यसपछि एप्पमा भनिए अनुरुप आफुलाई दर्ता गरी आवश्यक केवाइसी जानकारीहरु भरी आफ्ना बैंक खाताहरु जोड्न सकिने छ। अनि भुक्तानी गर्न सकिने छ।