'बीमाको ७० बर्षको इतिहासलाई बिर्साउने गरि एक वर्षमै सुधारको काम'


बीमा क्षेत्रको सुधार भए/नभएको हेर्नका लागि हामीले विभिन्न आकडालाई हेर्ने गरेका छौ। पहिलो आम नागरिकमध्ये बीमाको पहुँच कति जनामा पुग्यो भनेर हेर्छौ। विश्वमै बीमाको पहुँचलाई पहिलो आधार मानेर मुल्याङ्कन गरिन्छ।

दोस्रो, एक बर्षभित्र बस्तु र सेवाको मौद्रिक मूल्य जसलाई हामी कुल गाह्रस्थ उत्पादन भन्छौ। कुल गाह्रस्थ उत्पादनमा बीमाले कति योगदान दियो भन्ने हेरिन्छ। तेस्रो तथ्याङ्क भनेको, बीमा क्षेत्रबाट कति संख्यामा रोजगारीको श्रृजना भयो भनेर हेरिन्छ। चौथोमा, पुर्वाधार विकासको क्षेत्रमा बीमाले कति योगदान दिन सक्यो भनेर हेरिन्छ।

TaTa
Riddisiddi Cement
Nepal life

यिनै सूचकका आधारमा नेपालको ७१ वर्षे बीमाको इतिहासमा विगतका वर्षहरुलाई विर्सने किसिमले र यो वर्षलाई सम्झिने किसिमले उपलब्धि हासिल भएको छ। गत आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालमा बीमाको दायरा १० प्रतिशत थियो भने चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा आइपुग्दा १८ प्रतिशत कायम भएको छ। एक वर्षको अवधिमा हामीले एकै पटक ८ प्रतिशतले जनताको पहुँचमा बीमा पुर्याएका छौ। 

अर्को उपलब्धि कुल ग्राहस्थ उत्पादनमा बीमाले कति योगदान दियो भन्ने हेर्नका यो आर्थिक वर्ष सकिनु पर्छ। कुल ग्राहस्थ उत्पादन भनेको वर्षदिन भरिको हिसाबकिताब हो। २०७५ साल असारसम्ममा नेपालको कुल ग्राहस्थ उत्पादनमा बीमाको योगदान २.०३ प्रतिशत थियो। चालु आर्थिक वर्षको अन्त्यसम्ममा यस्तो योगदान तीन प्रतिशतमा पुग्ने अनुमान गरेका छौ। 

छिमेकी राष्ट्र भारतमा बीमाको योगदान ३.५ प्रतिशत, चिनमा ४.५ प्रतिशतभन्दा माथि छ भने समग्र एशियामै बीमाको योगदान लगभग ५ प्रतिशतभन्दा माथि छ। हामीहरु अझै एशियन मापदण्डमा पुग्न सकेका छैनौ साथै भारत चिनको हाराहारीमा पनि पुग्न सकेका छैनौ। एक वर्षकै अवधिमा १.५ प्रतिशत विन्दुले बढाउन सफल हुनेछौ। बृद्धि दरका हिसावले हामी धेरै सफल भएका छौ। 

बीमा क्षेत्रमा ठूलो संख्यामा रोजगारी श्रृजना भएको छ। बीमा कम्पनीहरुमा करिव ८ हजारभन्दा धेरैले प्रत्यक्ष रोजगारी पाएका छन्। करिव ५ लाख अभिकर्ताहरुले आंशिक रुपमा काम गर्दै आएका छन्। पाँच सय जना जति सर्भेयर छन्।

पुर्वाधारको क्षेत्रमा बीमाले कसरी योगदान दिन सक्यो भन्ने हो। गत वर्षसम्म हाम्रो बीमा कम्पनीहरुले पुर्वाधारको क्षेत्रमा लगानी गर्ने वातावारण नै थिएन। कम्पनीहरुले आफ्नो बीमा शुल्कको अधिकांस रकम बाणिज्य बैंकहरुमा निक्षेपको रुपमा जम्मा गरेर राख्नु पर्ने अवस्था थियो। हामीले लगानी निर्देशिका परिवर्तन गरेर नियमनको दायराभित्र राख्नु पर्ने अथवा सल्भेन्सी मार्जिन राख्नु पर्ने बराबरको रकम नियम अनुसारको ठाउँमा लगानी गरेर बाँकी रकम पूर्वाधार, जलस्रोत, कृषि, पर्यटन लगायत घरजग्गा र शेयर बजारमा समेत लगानी गर्न सक्ने व्यवस्था गरिदिएका छौं। 

२०७५ साल भनेको सम्पुर्ण बीमा क्षेत्रहरुको लागि एउटा युगबाट अर्को युगमा परिवर्तनको समय भएको छ। यहि अवधिमा बीमा समितिले धेरै वटा निर्देशिका जारि गरेको छ। हामीले ५/७ वटा निर्देशिका संशोधन गरेका छौं। २०७५ वैशाखमा सुशासन निर्देशिका संसोधन गरेर अन्तर्राष्ट्रिय किसिमको बनायौं, माघ १ गतेदेखि लागु हुने गरि एकिकृत सम्पत्ति बीमालेख निर्देशिका लागु गर्यौ, लगानी निर्देशिका जारी गर्यौ, बीमकहरुमा एनएफआरएस अर्थात नेपाल वित्तीयमान प्रतिवेदन अनुसारको वित्तीय विवरण, जुन अन्तर्राष्ट्रिय स्तरमै हेर्न मिल्ने बनायौ। २०७६ को सुरुवातसँगै बीकहरुको मर्जर र एक्विजिसनको लागि निर्देशिका जारी गर्यौ। यसले पूँजी जुटाउन नसक्ने अथवा मर्जरमा जान चाहनेहरुको लागि प्रोत्साहन गर्ने छ। 

यसै अवधिमा हामीले बीमा समितिको क्षमता अभिवृद्धि गर्ने क्रममा चालु आर्थिक वर्षमा हामीले २० जना कर्मचारीहरु नियुक्त गरेका छौ। नयाँ कर्मचारीको नियुक्तीसँगै नियमन र निरिक्षणलाई बढि ध्यान दिएका छौ। यससँगै बीमा क्षेत्रमा आमुल परिवर्तनको गर्न ‘इन्सुरेन्स इन्टिच्युट नेपाल’ को स्थापना गरेका छौ। 

यो इन्टिच्युटले २०७५ फागुनसम्ममा बीमकका कर्मचारी, बीमा समितिका कर्मचारीसहित बाणिज्य बैंकका कर्मचारीहरुलाई समेत तालिम दिएका छौं। हामीले १७ वटा तालिममार्फत ५ सय जनाभन्दा धेरै कर्मचारीहरुलाई शिक्षित गरेका छौं। 

समितिले गर्नु पर्ने काम
यस अवधिमा हामीले सुरु गरेका कामहरुलाई निरन्तरता दिन सकियो भने मात्रै बीमा क्षेत्रको विकास हुन सक्छ। यसका लागि बीमा समितिको क्षमता बृद्धि गर्ने हो। यसै वर्षदेखि हाम्रो नयाँ भवन निर्माणको कार्य सुरु हुँदैछ। 

क्षमता अभिवृद्धि गर्ने क्रममा परिपालनमा आधारित निरिक्षण सुपरिवेक्षणलाई विशेष ध्यान दिन्छौं। परिपालनमा आधारित भन्नाले प्रचलित ऐन, नियम, समितिले जारी गरेका निर्देशन अनुसार बीमा कम्पनी चलेका छन् कि छैनन् भनेर हेरिन्छ। यो भनेको परम्परागत निरिक्षण प्रणाली हो। अब हामी आधुनिक खालको निरिक्षण प्रणाली अपनाउछौं। आधुनिक खालको निरिक्षण प्रणाली भनेको जोखिममा आधारित निरिक्षण प्रणाली हो। यो भनेको हाम्रो गैरस्थलगत शाखाले तथ्याङ्क संकलन गर्छ र त्यसका आधारमा जुन जुन क्षेत्रमा जोखिम रहेको छ त्यसमा मात्रै निरिक्षण गरिन्छ। बीमा क्षेत्रमा यसलाई छिट्टै नै लागु गर्छौ। बीमा क्षेत्रको संस्थागत सुसासन कायम गर्ने छौ। 

अबको हाम्रो प्रमुख काम मर्जरको नीति नियम अनुसार कम्पनीको संख्या घटाउन तिर लाग्छौ। विशेषगरी निर्जीवन बीमा कम्पनीहरुको लागि अलिकति गाह्रो छ। हाल दुई वटा वित्तीय विवरणलाई एउटै बनाउने प्रयास गर्छौ। आगामी वर्षदेखि एनएफआरएस प्रणाली अनुसार मात्रै वित्तीय विवरण बनाए पुग्ने बनाउछौ। 

मुलभुत रुपमा बीम ऐनको मस्यौदा संसदमा छ। विगत १०/ १२ वर्षदेखि ओहोर दोहोर हुँदै आएको थियो। त्यसलाई हामीले बीमा प्राधिकरणको स्वायत्ताको ग्यारेन्टी हुने किसिमले पास गर्ने वातावरण बनाउँछौ। यहि असारसम्ममा बीमाको पहुँच २० प्रतिशत पुग्ने अनुमान गरेका छौ। मेरो अबको डेढ वर्षको कार्यकालमा २५ देखि ३० प्रतिशतको विचमा बीमा पहुँच पुर्याउनु छ। बीमाको पहुँचको आँकलन गर्दा विगतको ट्रेण्डलाई विश्लेषण गरिन्छ र आवश्यक सूचना संकलन गरेर भोलिका दिनमा कतिसम्म पुग्न सक्छ भनेर अनुमान गरिन्छ। हाम्रो मुल्याङ्कनका आधारमा बीमाको पहुँच २५ प्रतिशतभन्दा माथि र ३० प्रतिशतको विचमा पुग्न सकिन्छ। 

बीमा समितिका सञ्चालक समिति, बीमा समितिका कर्मचारी लगायतको अथक प्रयास र मिहिनेतपछि यो उपलब्धि हासिल भएको छ। यो वर्ष नेपालका तीन वटा वित्तीय क्षेत्रहरु बैंकिङ, बीमा र  धितोपत्र बजार मध्ये बीमा क्षेत्र मात्रै यस्तो क्षेत्र हो जसमा कुनै पनि विवाद तथा समस्या श्रृजना भएन। 

अहिले देशव्यापी रुपमा बीमाको व्यापक प्रचार प्रसार भैरहेको छ। यसरी प्रचार प्रसार नभएको भए बीमा क्षेत्रले यति छिटै उपलब्धि हासिल गर्न सक्दैन थियो। बीमाको क्षेत्र बढ्दै गर्दा भोलिका दिनमा भैपरी आउने समस्या समाधानको लागि अध्ययन र अनुसन्धानका कामलाई पनि सँगसँगै अगाडि बढाउँछौ। बीमा समितिले आवश्यक परेको अवस्थामा आउट सोर्सिङ गरेर अध्ययनलाई अगाडि बढाउने छौ। हामीले पुनर्बीमाको क्षेत्रमा आउट सोर्सिङ गरेर अध्ययन गरेका छौ। यसलाई आवश्यकता अनुसार निरन्तरता दिँदै जाने छौं।
(बीमा समितिले ५१औं बार्षिकोत्सव मनाउँदैछ। यसै सन्दर्भमा बीमा समितिले के के काम गर्यो भनेर हामीले अध्यक्ष चापागाईँलाई सोधेका थियौं। प्रस्तुत लेख कुराकानीमा आधारित छ।) 


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell