फेसबुक चलेन? नेपालमात्र हैन विश्वका अधिकांश भागमा भयो ‘डाउन’, समस्या पत्ता लागेन

बिजमाण्डू
२०७६ बैशाख १ गते १७:२३ | Apr 14, 2019


आइतबार दिउँसो सवा ४ बजेतिरदेखि नेपालसहित विश्वका अधिकांश भागमा फेसबुक चलेको छैन। डाउन डिटेक्टरमा अमेरिका, बेलायतदेखि युरोपका धेरै देशहरुमा पनि फेसबुक नचलेको देखिएको छ। 

Tata
GBIME

फेसबुक डाउन भएको केही समयमै प्रतिस्पर्धी सामाजिक सञ्जाल ट्विटरमा #Facebookdown #Instagramdown र #Whatsappdown ट्रेन्डिङमा आएको थियो। 

इन्स्टाग्राम र ह्वाट्सएप पनि फेसबुककै स्वामित्वमा छ। यी दुई साइट पनि चलेका छैनन्।डाउन किन भएको बारे जानकारी आउन बाँकी छ।