शेयर वर्ष मनाउँदै नेपाल विद्युत प्राधिकरण, ४ आयोजनालाई १८ अर्ब रुपैयाँ उठाउँदै, यस्तो छ प्रगति

बिजमाण्डू
२०७५ कात्तिक १४ गते १५:५८ | Oct 31, 2018


काठमाडौं। नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत आयोजनाले संञ्चालन गरेका चार आयोजनाको लागि आवश्यक पर्ने रकममध्ये सर्वसाधारणबाट शेयर पूँजी मार्फत १८ अर्ब रुपैयाँ संकलन गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

चारवटै आयोजनाकालागि आवश्यक पर्ने रकममध्ये ५० प्रतिशत शेयर र ५० प्रतिशत ऋणबाट जुटाउने योजना छ।  

चार वटा आयोजनाकालागि आवश्यक पर्ने रकम यसै वर्ष स्वदेशी स्व पूँजीबाट जुटाइने हुँदा यस वर्षलार्इ शेयर वर्षको रुपमा मनाउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

उनले भने '७२६ मेगावाट क्षमताका चारवटा आयोजनाकालागि एक खर्ब रुपैयाँ आवश्यक वर्ष जसमध्ये १८ अर्ब सर्वसाधारणको तर्फबाट हुने छ।'
पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले चिलिमे मोडलमा विद्युत आयोजना प्रवर्द्धन गर्दा कुनै एक कम्पनी डुब्दा विद्युत क्षेत्रमा कुनै पनि समस्या नआउने अवस्था सिर्जना भएको घिसिङले बताए।

उनले भने 'हिजो नेपाल विद्युत प्राधिकरणले प्रवर्द्धन गरेका कुनै एक आयोजनामा समस्या आउँदा नेपाल विद्युत प्राधिकरण नै धरासही हुने अवस्था आउँथ्यो अबका दिनमा त्यो अवस्था सिर्जना हुदैन'।

नेपाल विद्युत प्राधिकरणका असफल आयोजनाको निर्माण कार्य पनि द्रुत गतिमा अगाडि बढेको हुँदा अबको केही समयमै नेपाल विद्युत प्राधिकरणसँग क्रोनिक आयोजना नहुने घिसिङले जानकारी दिए।

नेपाल विद्युत प्राधिकरणले प्रवर्द्धन गरेका कम्पनीहरुमध्ये रसुवागढी र सान्जेनले यस अगाडि नै संस्थापन तर्फको र केही सर्वसारधाण तर्फको शेयर निष्कासन गरेर बाँडफाँड गरिसकेका छन्।

१११ मेगावाट क्षमताको रसुवागढीले एक अर्ब ३३ करोड रुपैयाँको शेयर निष्कासन गरेको थियो।

त्यस्तै ५७.३ मेगावाट क्षमताको साञ्जेन जलविद्युत आयोजनाले ८३ करोड ८४ लाख रुपैयाँको प्राथमिक शेयर निष्कासन गरिसकेको छ।
साथै प्रभावित क्षेत्रका वासिन्दा सर्वसाधाणको लागि यसै वर्षमा शेयर निष्कासन गर्ने योजना बनाएको छ।

रसुवागढीको निर्माण कार्य ७० प्रतिशत सकिएको छ भने साञ्जेनको माथिल्लो साञ्जेनको ७० प्रतिशत र तल्लो सञ्जेनको ६५ प्रतिशत काम सकिएको छ।

माथिल्लो तामाकोशीले प्रभावित क्षेत्रका वासिन्दा र कर्मचारीको लागि शेयर निष्कासन गरिसकेको छ भने भोलिदेखि सर्वसाधाणरकालागि शेयर निष्कासन गर्दैछ। यस आयोजनाको निर्माण कार्य १० प्रतिशत मात्रै बाँकी छ।

त्यस्तै मध्ये भोटेकोशीले पहिलो चरणमा १ करोड ४४ लाख कित्ताको शेयर निष्कासन गर्ने भएको छ। दोस्रो चरणमा स्थानीयको लागि ६० करोड र सर्वसाधाणकालागि ९० करोड रुपैयाँको शेयर निष्कासन गर्ने भएको छ। यस आयोजनाको निर्माण कार्य लगभग ४२ प्रतिशत सकिएको छ।