रसियामा हुने विश्वकप फुटवल डिस होमको ‘एक्सन स्पोर्ट्स च्यानल’ मा, नेपाली भाषामै कमेन्ट्री

बिजमाण्डू
२०७५ जेठ २८ गते १७:२४ | Jun 11, 2018
रसियामा हुने विश्वकप फुटवल डिस होमको ‘एक्सन स्पोर्ट्स च्यानल’ मा, नेपाली भाषामै कमेन्ट्री


Tata
GBIME
Nepal Life

काठमाडौं। रुसमा अर्को साताबाट सुरु हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्स च्यानलले गर्ने भएको छ। च्यानलमा मात्र  विश्वकप फुटबल प्रत्यक्ष प्रसारण नेपाली भाषामा कमेन्ट्री हुनेछ। 

 
प्रत्यक्ष प्रसारणमा वरिष्ठ कमेन्टेटर संजिव शिल्पकारले खेलको नेपाली कमेन्ट्री गर्नेछन्। डिस होमले नेपाली दर्शकका लागि नेपाली भाषालाई प्राथमिकतामा राख्दै कमेन्ट्री दिन लागेको हो। खेल विश्लेषणका लागि फुटबलसँग सम्बन्धित केहि चर्चित व्यक्तित्वहरु पनि आबद्ध हुँदैछन्।

फुटबल जगत बाहिरका विशेष अतिथिहरु पत्रकार ऋषि धमला, कमेडियन विल्सन विक्रम राईका प्रतिक्रियाहरु पनि कार्यक्रममा प्रसारण गरिने छन।

 
चार बर्षमा एक चोटि आउने विश्वकपको प्रसारणको प्रचार गर्न डिश होमले एउटा प्रोमोसन भिडियो पनि बनाएको छ। उक्त भिडियोमा नेपाल आइडलका शीर्ष तीनमा पर्न सफल गायक प्रताप दासले स्वर दिएका छन्। ‘फुटबलको महाकुम्भ’ नामक भिडियो नेपाली च्यानलले विश्वकपलाई लक्षित गरेर सार्वजनिक गरेको पहिलो गीत पनि हो।
 
प्रशारण अघि र पछि, खेलको विश्लेषण र समिक्षा पनि नेपालि भाषामा नै हुने हुदा बिश्वकपलाई सामान्य नेपाली दर्शकहरुले पनि सजिलै बुझ्न सकिने कुरा डिशहोमले जनायको छ।

नेपालमा पहिलो पटक बिश्वकप नेपाली भाषामा प्रशारण हुन लागेकोले दर्शकहरुमा कौतुहलता र गुणस्तरमा शंका उपशंका समेत रहेको छ तर नेपालका प्रख्यात तथा फुटबल कमेण्टेटरिमा विज्ञता हाशिल गरेका सन्जिब शिल्पकार भयकोले गुणस्तरमा कुनै कमी नहुने डिशहोमले बिश्वाश दिलायको छ।