सुन्धारामा सिभिल ट्रेड सेन्टर शुक्रवारदेखि सञ्चालनमा, सिभिल मलको वेवसाइट सुरु

बिजमाण्डू
२०६९ माघ ५ गते ००:०० | Jan 18, 2013

काठमाडौं । सिभिल सूमहले राजधानीको सुनधारामा निर्माण गरेको सिभिल ट्रेड सेन्टर आजदेखि सञ्चालनमा आएको छ । सेन्टरको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले उद्घाटन गरे । शुभारम्भ कार्यक्रमलाई भब्य बनाउन सेन्टरले मेघा फ्युजन कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमा वरिष्ठ गायक फत्तेमान राजभण्डारी, रिमा गुरुङ, उदय÷मनिला सोनाङ, सुरेशकुमार  लगायतले सांगीतिक प्रस्तुती दिएका छन् ।
सिभिल समुहका अध्यक्ष इच्छाबहादुर तामाङले उद्घाटन मन्तव्य दिँदै आफ्नो कम्पनीमा कामदार र मालिकवीच कुनै विभेद नरहेको र सबैले मिलेर अत्याधुनिक ट्रेड सेन्टर निर्माण गरेको बताए ।
सेन्टरमा पसल सञ्चालनका लागि कवल गरेर सटर बिक्री गरिएको थियो । सिभिल समुहले पसल कवल गर्ने मध्ये गोलाप्रथा गरि ल्याण्डरोभर गाडी उपहार दिने घोषणा गरि ट्रेड सेन्टरको प्रबद्र्धन गरेको थियो । ट्रेड सेन्टर सोहि समुहले निर्माण गरेको सिभिल मल भन्दा करिब सय मिटर मात्र टाढा छ ।
सिभिल मलको वेवसाइट
सिभिल मलले आफ्नो बारे ग्राहकलाई सहज जानकारी दिन वेव साईट सुरु गरेको छ । सिभिल समुहले छिमेकमा ट्रेड सेन्टर उद्घाटन गरेकै दिन देखि मलले डब्लुडब्लुडब्लु डट माईसिभिल डट कमबाट आफ्नो जानकारी इन्टरनेटरमा सार्वजनिक गर्न थालेको हो । वेबसाइट मार्फत सिभिल मलमा रहेका पसल, उपलब्ध सामान, सुविधा लगायत मलले नियमित र विशेष रुपमा आयोजना गर्ने कार्यक्रमहरुको बारेमा जानकारी प्राप्त गर्न सकिने जनाइएको छ । सूचना प्रविधिको विस्तारस“गै मलले ई—कमर्श सुरु गर्ने लक्ष लिएको छ ।

Tata
GBIME
Nepal Life