चिनीयाँ बैंकको काउन्टर ग्यारेन्टी नलिने बैंकर्सको निर्णय, रकम फिर्ता नआउँदासम्म कायम रहने

बिजमाण्डू
२०६९ मंसिर १७ गते ००:०० | Dec 2, 2012

काठमाडौं । चाइना कन्स्ट्रक्सन बैंक कर्पोरेसनले स्थानीय बैंकबाट राखेको ग्यारेन्टी वापतको रकम फिर्ता नगरेपछि बैकर्स संघले चिनीयाँ बैंकको ग्यारेन्टी नलिने निर्णय गरेको छ । बैंकहरुको छाता संगठन बैंकर्स संघले शुक्रवार विशेष वैठक राखेर यस्तो निर्णय गरेको हो ।
मेलम्ची सुरुङ निर्माण ठेक्कामा स्थानीय दुई बैंकले राखेको बैंक ग्यारेन्टी भुक्तानी नपाएपछि बैंकहरुले यस्तो निर्णय गरेका हुन् । ठेकेदार भागेपछि बैंक अफ काठमाण्डूको ७० करोड २१ लाख र हिमालयन बैंकको ५८ करोड ३१ लाख रुपैयाँ फसेको छ ।
मेलम्ची सुरुङ निर्माणको ठेक्का लिएको चाइना रेल्वे व्युरो कर्पोरेसनका लागि चाइना कन्स्ट्रक्सन बैंकको बैंक अफ काठमाण्डू र हिमालनय बैंक काउन्टर ग्यारेन्टी बसेका थिए ।
मेलम्चीबाट चाइना रेल्वेले हात झिकेपछि नेपाली बैंकले चाइना कन्स्ट्रक्सन बैंकसँग काउण्टर ग्यारेन्टीको रकम मागेका थिए । तर चिनीयाँ बैंकले स्थानीय एक अदालतमा मुद्धा परेको भन्दै नेपाली बैंकलाई रकम भुक्तानी नदिएपछि विवाद आएको हो ।
यही विवादपछि बैंकर्स संघले विशेष बैठक राखेर चिनीयाँ कम्पनीको बैंक ग्यारेन्टी नलिने निर्णय गरेको हो । बैंकर्स संघले नेपाली बैंकले चिनीयाँ बैंकबाट भुक्तानी नपाउँदासम्म यो निर्णय रहने जानकारी दिए ।

Tata
GBIME
Nepal Life



नौ वर्षपछि नेपाल स्टकमा फर्कियो ७५ वर्ष पुरानो बैंक, अर्को आइतवारबाट सेयर कारोवार खुल्ने

बिजमाण्डू
२०६९ मंसिर १७ गते ००:०० | Dec 2, 2012
नौ वर्षपछि नेपाल स्टकमा फर्कियो ७५ वर्ष पुरानो बैंक, अर्को आइतवारबाट सेयर कारोवार खुल्ने


काठमाडौं । नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक नेपाल स्टक एक्सचेञ्जमा आठ वर्ष पछि फर्किएको छ । बैंकलाई सूधार प्रक्रियामा लगेपछि बैंकको कारोवार नौ वर्ष अघि रोकिएको थियो । २०६० चैत १९ गते सेयर कारोवार रोकिएको नेपाल बैंकको हकप्रद सेयर जारी गर्नका कारोवार फेरी सुरू गरिएको हो ।  बैंकको ३८ लाख तीन हजार ८२६ कित्ता सेयर स्टकमा पुन सूचिकृत गरिएको हो । बैंक र नेप्सेवीच भएको सम्झौता बमोजिम नेपाल बैंकको सेयर स्टकमा सूचिकृत भएको नेप्सेले जारी सूचनमा उल्लेख छ ।
यसअघि असोज २५ गते बैंकको ओटिसी कारोवार भएको थियो । नेपालमा पहिलोपटक भएको ओटिसी कारोवारबाट सरकारले बैंकमा गरेको लगानीमध्ये ७१ हजार ९२८ कित्ता सेयर बैंकका दुई हजार ६६४ कर्मचारीलाई प्रतिकित्ता एक सय  रुपैयाँमा विक्री गरेको थियो । एक दिन मात्र भएको कारोवारमा सबै कर्मचारीले ७१ लाख ९२ हजार आठ सय रुपैयाँको सेयर खरिद गरेका थिए ।
ओटिसी बजार सञ्चालन विनियमावली बमोजिम सेयर सूचिृकत खारेज गरिएका कम्पनीको सेयर स्टकमा पुन सूचिकृत हुनु अघि धितोपत्रको तरलता कायम गर्न ओटिसी कारोवार गर्नुपर्दछ । नेपालको स्टक बजारमा नेपाल बैंकको ओटिसी कारोवार नै अहिलेसम्मको पहिलो हो ।
विक्री प्रयोजनका लागि सूचिकृत नेपाल बैंकको सेयर आगामी आइतवारबाट मात्रै कारोवार हुनेछन् । बैंकले हकप्रद सेयर जारी गर्न सेयर सुचीकरण गर्न लागेको हो । बैंकमा सर्वसाधारण लगानीकर्ताको ४९.९४ प्रतिशत सेयर छ । बैंकले हकप्रद निकाल्नका लागि सिभिलम र्चेन्ट बैंक र नागरिक लगानी कोषलाई सेयर निस्कासन तथा विक्री प्रबन्धकसमेत नियुक्त गरिसकेको छ ।
बैंकको अहिले चुक्ता पुँजी ३८ करोडबाट वढाएर चार अर्ब पुर्याउनका लागि हकप्रद सेयर निस्कासनको तयारी गरेको हो । सेयर निस्कासन गर्नु पूर्व सूचीकरण गर्नु पर्ने धितो पत्र ऐनले व्यवस्था गरेको छ । बैंकले पुँजी वृद्धि गर्न प्रति एक सेयर बराबर ९.५ प्रतिशतका दरले हकप्रद निष्कासन गर्न लागेको हो ।
हकप्रद सेयर वितरणबाट बैंकले तीन अर्ब ६२ करोड रुपैयाँको पुँजी जुटाउन लागेको हो । त्यसका लागि सरकारले  आफ्नो भागको सेयर खरीद गर्न एक अर्ब ३७ करोड रुपैयाँ बैंकलाई दिएको छ ।
नेपाल बैंकको वित्तीय स्वास्थ्य विग्रिएर बन्द हुने अवस्था आएपछि विश्व बैंकको ऋण सहयोगमा वित्तीय क्षेत्र सुधार कार्यक्रम लागू गरिएको थियो । वित्तीय अवस्था पुरै  राम्रो हुन पुँजी वृद्धि गर्नु पर्ने भएकाले बैकले हकप्रद सेयर निकाल्न लागेको हो ।
बैंकमा सरकारको ३६ प्रतिशत, वाणिज्य बैंकको ४.९२ र अन्य वित्तीय संस्थाको ३.४२ प्रतिशत सेयर स्वामित्व छ ।  त्यसैगरी बैंकमा कर्मचारीको ७१ हजार ९२९ कित्ता सेयर छ । यो कुल सेयरको पाँच प्रतिशत हिस्सा हो ।  बैंकमा खेतान र गोल्छा  समूहको समेत सेयर छ । त्यसैगरी पशुपति शम्सेर राणा, निरन्जकुमार टिवडेवाल, गजेन्द्रबहादुर श्रेष्ठ, निरज राजभण्डारी, रमेशराज अर्याल, नबिन नरसिंह राण, इन्दिरा खत्री, केदार नारायण मानन्धर, बालकृष्ण श्रेष्ठको पनि सेयर छ ।  बैंकलाई  पुँजी वृद्धि अघि ९ अर्ब ७४ करोड रुपैयाँ पुँजी कोष आवश्यक छ । पुँजी कोष बढाउन बैंकले निस्क्रिय अवस्थाका सम्पतिमध्ये २ अर्बको विक्री गर्ने योजना बनाएको छ । ७५ वर्ष पुरानो बैंकले आर्थिक बर्ष २०७१र७२ पछि सेयरधनीलाई लाभांस वाँड्ने योजना बनाएको छ । सुधार कार्यक्रम लागू हुनु पूर्व बैंकको पुँजी कोष १२ अर्ब ५८ करोड रुपैयाँ ऋणात्मक थियो । अहिले यो कोष ४ अर्ब २२ करोडले ऋणात्मक छ ।
नेपाल बैंकको नाफा साढे ३६ प्रतिशतले वढ्यो
नेपाल बैंक लिमिटेडले नाफामा ३६.६२ प्रतिशतले वृद्धि गरेको छ ।  ३८ करोड रुपैयाँ चुक्ता पुँजीमा कारोबार गर्दै आएका बैंकलाई सरकारले आफ्नो भागको सेयर किन्न पैसा दिएपछि यो १ अर्ब ७७ करोड रुपैयाँ पुगेको हो । संस्थागत र साधारण सेयरधनीसँग समेत पैसा उठेपछि पुँजी अझ वढ्ने छ ।
बैंकको ऋण नउठेपछि गर्नु पर्ने जोखिम वापतको रकम ५।७७ प्रतिशतले मात्र वढेको छ । यो रकम वढेर ४ करोड ५६ लाख पुगेको हो । बैंकले ऋण लगानी र निक्षेप संकलन पनि वढेको छ । बैंकको कुल ऋण १३।१४ प्रतिशतले वढेर २९ अर्ब ८१ करोड पुगेको छ । रियलस्टेट कर्जा २.९५ प्रतिशतले वढेर १ अर्ब ६३ करोड पुगेको छ ।
बैंकको निक्षेप ५६ अर्ब ११ करोड पुगेको छ । यो अघिल्लो असोजको तुलनामा २०.१८ प्रतिशतको वृद्धि हो । बैंकले खुद व्याज आम्दानीसमेत वढाएको छ । यो रकम ९.५८ प्रतिशतले वढेर ४४ करोड ९९ लाख पुगेको छ ।

Tata
GBIME
Nepal Life