सिटी डेभलपमेन्ट बैंकको नाफा साढे दुई करोड, अघिल्लो वर्षभन्दा ६० प्रतिशत बढी

बिजमाण्डू
२०६९ माघ ४ गते ००:०० | Jan 17, 2013

काठमाडौं । पोखराको सिटी डेभलपमेन्ट बैंकले ६ महिनामा २ करोड ५५ लाख ९८ हजार नाफा कमाएको छ । अघिल्लो वर्षको भन्दा यो ६०.५४ प्रतिशतले वढी हो । खुद व्याज आम्दानी ५ करोड  ६१ लाख गरेको बैंकले असोजमा जम्मा ६७ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।
बैंकले पुराना ऋण उठाएको र  यसपाली नोक्सानी व्यवस्थाको रकम घटाएका कारण नाफा वृद्दि भएको हो । बैंकले पुसमा नोक्सानीको रकम ३८.३८ प्रतिशतले घटाएर जम्मा साढे ६२ लाखमा झारेको छ । डुवेको ६ लाख ८५ हजार रुपैयाँ ऋण उठाएको छ । वोनस सेयरबाट पुँजी वढाउँदै आएको बैंकले निक्षेप र कर्जाको आकार पनि वढाएको छ । बैंकले निक्षेप ३४.४८ प्रतिशतले बढाएर २ अर्ब ६२ करोड ७९ लाख रुपैयाँ पु¥याएको छ । कतिपय राष्ट्रियस्तरका विकास बैंकको भन्दा यो निक्षेप वढी हो ।
बैंकले कर्जा लगानी ३३.३० प्रतिशतले वढाएर  २ अर्ब ८ करोड ३१ लाख पु¥याएको छ । बैंकले रियलस्टेट सुस्ताएका बेलामा यो कर्जाभने साढे दुई गुणाले वढाएको छ । अघिल्लो पुसमा २ करोड ८१ लाख रियलस्टेटमा लगानी गरेको बैंकले अहिले यसलाई ९ करोड ९८ लाख पु¥याएको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत नगद र १५ प्रतिशत वोनस सेयरसमेत दिएको थियो । वोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी २५ करोड ३७ लाख पुगेको छ । बैंकको नेप्सेमा प्रति सेयर मूल्य १ सय ७० रुपैयाँ छ । बैंकको प्रति सेयर आम्दानी २०.१८ रुपैयाँ छ । १२२ रुपैयाँ प्रति सेयर खुद नेटवर्थ रहेको बैंकको मूल्य आम्दानी अनुपात ८.०८ गुणा छ ।

Tata
GBIME
Nepal Life