काठमाडौं । विहिवारबाट सुरु भएको डलरको भाउ घट्ने क्रम शुक्रबार पनि कायम रह्यो । विहिवार भारतीय बजारमा प्रति डलर ५७.१५/१६ भारुबाट घटेर ५६.८०/८१ मा पुगेको थियो । युरोपमा जारी युरोपेली सम्मेलनमा भएको महत्वपूर्ण सहमतिसँगै डलरको भाउ अझै घटेको छ । युरोपमा देखिएको वित्तीय संकटसँग लड्न संकटमा चुर्लुम्म डुबेका दुई मुलुक स्पेन र इटलीलाई दिने ऋणको व्याजदर घटाउने विषयमा युरोपेली नेतावीच सहमति भएको थियो । यसले सुनको मूल्य उकालो चढेको छ भने डलरको भाउ घट्न थालेको छ ।
त्यता जोड, यता घटाउः युरोपको समस्या समाधान गर्न आयोजना गरेको बैठकमा आयरल्याण्ड, इटाली र लक्जम्वर्गका प्रधानमन्त्री, त्यसको असर नेपाली रुपैयाँमा परेको छ ।
सम्मेलनमा संकटसँग जुझिरहेका बैंकहरुलाई सहयोग पु¥याउन सम्बन्धित देशको ऋणबाट नभई प्रस्तावित ऋणकोषको रकम प्रयोग गर्न दिने विषयमा समेत सहमति भएको छ । १३ घण्टे लामो छलफलले युरोजोन भित्र रहेका बैंकहरुलाई नियमन गर्ने एउटा छुट्टै निकाय यसै वर्ष भित्र स्थापना गर्ने निर्णय समेत गरेको छ ।
शुक्रबार कारोवार बन्द हुँदा डलरको मुल्य प्रति डलर ५५.६०/६१ भारु रहेको थियो । भारुको यो मुल्य नेपाली रुपैयाँमा परिवर्तन गर्दा प्रति डलर ८९ रुपैयाँको आसपास हुन आउँछ । पछिल्लो तीन वर्ष यता डलरको तुलनामा रुपैयाँमा देखिएको यो ठुलो मजबुती हो । नेपाली रुपैयाँ र भारतीय रुपैयाँको विनियम दर स्थिर भएकाले भारतीय रुपैयाँमा आएको उतारचढावको अनुपातमा नै नेपाली रुपैयाँ पनि उतारचढाव हुने गर्दछ । नेपालमा शुक्रबार आधा दिन तथा शनिवार पुरा दिन सार्वजनिक विदा हुने भएकाले शुक्रबार भारतीय मुद्रा अवमूल्यन भएको प्रभाव नेपाली बजारमा आइतवार मात्र देखिनेछ ।
शुक्रबार भारतीय मुद्रामा देखिएको मजबुती युरोपेली ऋण संकटका सम्बन्धमा भएको सहमति मात्र नभएर वैदेशिक लगानीमा थप कर नलगाउने भारतीय निर्णयको प्रभाव समेत हो । यसले आगामी केही दिन डलरको तुलनामा भारतीय मुद्रा बलियो बन्ने संकेत दिएको छ । यसको सिधा प्रभाव नेपाली मुद्रामा पनि देखिंदै जानेछ ।
युरोपको अर्थतन्त्र उकास्ने गरी समाचार आएका कारण युरो बलियो हुँदा डलर कमजोर भएकाले त्यसको प्रभाव स्वरुप रुपैयाँको मजबुति केहि समय लम्बिने नै देखिन्छ । भारतमा भित्रने अधिकांश विदेशी लगानी युरोपको भएको हुनाले युरोपमा अर्थतन्त्रमा आएको सुधारले भारतमा बैदेशिक लगानीको मात्रा बढने आशा गर्न सकिन्छ । भारतमा बैदशिक लगानी बढ्दा भारतीय रुपैयाँको माग बढन गई रुपैयाँको मुल्य बढछ ।