भारतीय बाटो विदेश नजान वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको महिलालाई आग्रह

बिजमाण्डू
२०६९ पुष २६ गते ००:०० | Jan 10, 2013

काठमाडौं । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले भारतीय बाटो हुँदै विदेश नजान महिलाहरुलाई आग्रह गरेको छ । बोर्डका अनुसार कतिपय महिलाहरुलाई ललाई फकाई नेपालका सीमावर्ती बाटोबाट लैजाने गरिएको भन्दै त्यसरी नजान आग्रह गरेको हो । भारतको बाटो  हुँदै जाँदा एकपछि अर्को व्यक्ति मार्फत जाने भएकाले दुव्र्यवहार समेत खेप्नुपरेको दूतावासबाट जानकारी आएको बोर्डले जनाएको छ । बोर्डले महिलालाइ फकाएर वा प्रलोभनमा पारेर भारतको बाटो  हुँदै वैदेशिक रोजागरका लागि लैजाने कार्य सामाजिक अपराध भएको स्पस्ट पारेको छ ।

Tata
GBIME
Nepal Life