बुलिस ट्रेण्डबाट बियरिस बन्यो नेपाल बैंकको सेयर, बुधवार एकै दिन १२९ रुपैयाँले घट्यो

बिजमाण्डू
२०६९ पुष २५ गते ००:०० | Jan 9, 2013
बुलिस ट्रेण्डबाट बियरिस बन्यो नेपाल बैंकको सेयर, बुधवार एकै दिन १२९ रुपैयाँले घट्यो

काठमाडौं । तीन साता बुलिस ट्रेण्डमा लगातार वृद्धि भैरहेको नेपाल बैंकको सेयरमा बुधवार पहिलोपटक ब्रेक लागेको छ । मंगलवार झण्डै १३ सय रुपैयाँ नजिक बन्द भएको नेपाल बैंकको सेयर बुधवार १२९ रुपैयाँले तल झरेर कारोवार बन्द भएको छ ।
नेपाल बैंकको सेयर बुधवार मात्रै ९.९६ प्रतिशतले तल झरेको छ । तीन साता अघि स्टकमा फर्किएको नेपाल बैंकको सेयरको ठूलो माग थियो तर मूल्य आकासिएपछि लगानीकर्ताहरु त्यहाँबाट सिफ्ट हुन थालेका छन् । तीन साता अघि नेपाल बैंकको प्रतिकित्ता २५६ रुपैयाँबाट सेयर कारोवार सुरु भएको थियो । यो तीन सातामा कारोवार भएको १५ दिनमा नेपाल बैंकको सेयर प्रतिकित्ता १२९५ रुपैयाँ पुगेको थियो ।
नेपाल बैंकको सेयर मूल्य तल झरेपछि त्यसको असर नेप्से सूचकमा पनि परेको छ । बुधवार नेपाल स्टकको सूचक नेप्से ४.७६ अंकले तल झर्यो । बैकिङ्ग समूहको सूचक ६.३४ अंकले तल झरेपछि त्यसको असर नेप्से सूचकमा परेको हो । विकास बैंक समूह ०.३१ र जलविद्युत समूह ७.११ अंकले तल झर्यो । फाइनान्स र इन्सुरेन्स समूहको सामान्य वृद्धिले पनि नेप्सेको गिरावटलाई बुधवार रोक्न सकेन ।
एशियन लाइफ इन्सुरेन्सको सेयर मूल्य ११ रुपैयाँले माथि चढेर प्रतिकित्ता २३९ मा पुग्यो, नागरिक लगानी कोषको बुधवार फेरी  ३२ रुपैयाँले मूल्य बढेपछि १६६७ मा कारोवार भयो ।
हिमालयन बैंकको सेयर मूल्यमा १९ रुपैयाँले कमी आई ८०५ मा कारोवार भयो । बैंकमा सिलसिलेवार रुपमा समस्या पर्दै आएको छ । सुरुमा कार्ड सेन्टरबाट अनिशभक्त सुवालले पौने छ करोड रुपैयाँ घोटला गरे, त्यसपछि उनैले दिल्लीबाट फेरी कार्ड मार्फत करोडौं ठगी गरे भने मेलम्चिमा चिनीयाँ बैंकले हिमालयनको बैंक ग्यारेन्टी भुक्तानी गर्न आनकानी अस्वीकार गरेको छ ।
लक्ष्मी बैंकको सेयरमा १० रुपैयाँको गिरवाट आएर ३५९ मा कारोवार भयो भने नेपाल लाइफ इन्सुरेन्सको सेयर १५ रुपैयाँले माथि चढेर १०७० मा कारोवार भयो । नबिल बैंक प्रवद्र्धक सेयर १५ रुपैयाँल तल झरेर एक हजारमा, नेपाल इन्भेष्टमेन्ट बैंक १० रुपैयाँ तल ८२० मा, नेपाल लाइफ इन्सुरेन्स कम्पनी २० रुपैयाँ तल १४८० मा कारोवार भयो । नेपाल एसबीआईको १४ रुपैयाँ झरेर ८२१ मा, सगरमाथा इन्सुरेन्सको २७ रुपैयाँ बढेर ८२७ मा कारोवार भयो ।

Tata
GBIME
Nepal Life