टाइटनका स्केलेटल एज समूहका घडी नेपाली बजारमा, मूल्य ३१ हजारसम्म

बिजमाण्डू
२०६९ पुष २४ गते ००:०० | Jan 8, 2013
टाइटनका स्केलेटल एज समूहका घडी नेपाली बजारमा, मूल्य ३१ हजारसम्म

काठमाडौं । टाइटन घडीको बिक्रेता नेपाल ट्रेड नेटवर्क प्रालिले नेपाली बजारमा नयाँ स्केलेटल एज समूहका घडी बजारमा ल्याएको छ । यो घडीहरु सबैभन्दा पातलो घडीमा पर्ने कम्पनीले जनाएको छ । नेपाली बजारमा यो समूहका विभिन्न मोडलहरु २२ हजार १ सय ९० रुपैयाँदेखि ३१ हजार ४ सय ४० रुपैयाँसम्मका घडी उपलब्ध हुनेछन् । यो घडीहरु १ दशमलब ५ मिलिमिटर मात्रा बाक्ला छन् । यी घडीमा भित्री कलपुर्जाहरु बाहिरबाटै देखिन्छ । शास्त्रिय डिजाइनदेखि आधुनिक र स्पोर्टी डिजाइन यी घडीमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Tata
GBIME
Nepal Life