नागरिक लगानी कोष, युनिलिभर र नेपाल बैंकको सेयर मूल्यमा भारी वृद्धि, नेप्से भने तल झर्यो

बिजमाण्डू
२०६९ पुष २३ गते ००:०० | Jan 7, 2013
नागरिक लगानी कोष, युनिलिभर र नेपाल बैंकको सेयर मूल्यमा भारी वृद्धि, नेप्से भने तल झर्यो

काठमाडौं । साताको दोस्रो दिन नागरिक लगानी कोष १२६ रुपैयाँ, युनिलिभर ४१५ रुपैयाँ र नेपाल बैंकको प्रतिकित्ता सेयर ११३ रुपैयाँले बढ्यो । तर तीन कम्पनीको ठूलो वृद्धिले पनि स्टकलाई सम्हाल्न भने सकेन । नेप्से सूचक सोमवार २.४९ अंकले तल झरेर ५२९ मा बन्द भयो । बैंकिङ्ग समूहको सुचक ५.०४ अंक। होटल ०.५६ अंक, विकास बैंक समूह ०.३१ अंक र नेपाल टेलिकमको कारोवार हुने अन्य समूह ८.२२ अंकले तल झर्यो ।
जलविद्युत समूह २.७४ अंक, फाइनान्स ३.०९ अंक, इन्सुरेन्स ५.६५ अंक र युनिलिभरको सेयर मूल्य बढेपछि उत्पादन समूह १५.८३ अंकले माथि चढ्यो । प्रतिकित्ता ९६८५ रुपैयाँमा पहिल्लो कारोवार भएको युनिलिभरको सोमवार ४१५ रुपैयाँले मूल्य बढेपछि १० हजार एक सय रुपैयाँमा कारोवार भयो । सोमवार सात कारोवारबाट ११० कित्ता सेयर १० लाख ९३ हजार रुपैयाँमा कारोवार भयो ।
सोमवारको कारोवारपछि नौ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी भएको युनिलिभरको बजार पुँजीकरण नौ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।
सोमवार नागरिक लगानी कोषको सेयर मूल्य समेत प्रतिकित्ता १६६१ मा कारोवार भयो । कोषको २३ करोवारबाट ६०४ कित्ता सेयर नौ लाख ९१ हजार रुपैयाँमा कारोवार भयो । १६ करोड रुपैयाँ चुक्ता पुँजी भएको कोषको सोमवार बजार पुँजीकरण दुई अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।
नेपाल बैंकको सेयर मूल्य बढ्ने क्रम सोमवार पनि जारी रह्यो । सोमवारको कारोवारपछि नेपाल बैंकको सेयर मूल्य प्रतिकित्ता १२५१ रुपैयाँ पुग्यो ।  नेपाल बैंकको सेयरमा एक सय रुपैयाँ माथिको वृद्धि यो दोस्रो दिन हो । सोमवार ९८ कारोवारबाट ११ हजार ५३८ कित्ता सेयर एक करोड ४४ लाख रुपैयाँमा विक्री भयो । ३८ करोड रुपैयाँ चुक्ता पुँजी भएको नेपाल बैंकको सोमवारको कारोवारपछि बजार पुँजीकरण चार अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।
एभरेष्ट बैंक लिमिटेड कन्भर्टिवल प्रिफरेन्स सेयर १० रुपैयाँ घटेर ७७५ मा, ग्रान्ड बैंक नेपाल १० रुपैयाँ घटेर २०८ मा कारोवारभ यो । कुमारी बैंकको ११ रुपैयाँ घटेर २७१ मा, लुम्विनी बैंकको पनि ११ रुपैयाँ घटेर २६२ मा र माछापुच्छ्रे बैंकको १३ रुपैयाँ घटेर २२६ मा कारोवार भयो ।
नविल बैंकको १० रुपैयाँ घटेर १६६५ मा, नविल बैंक प्रवद्र्धक सेयर ५५ रुपैयाँ घटेर १०१५ मा, नेपाल इन्भेष्टमेन्ट बैंक १६ रुपैयाँ घटेर ८१५ मा, नेपाल लाइफ इन्सुरेन्स १८ रुपैयाँ घटेर १४३० मा, एनएमबी बैंक १० रुपैयाँ घटेर २६५ मा, स्ट्याण्डर्ड चार्टड बैंकको २८ रुपैयाँ घटेर २०५६ मा कारोवार भयो ।
सगरमाथा इन्सुरेन्सको सेयर ३० रुपैयाँलेब बढेर ७८५ मा, शिखर इन्सुरेन्सको ३७ रुपैयाँ बढेर ४२४ मा र लाइफ इन्सुरेन्स कम्पनी ३९ रुपैयाँ बढेर १०३५ मा कारोवार भयो ।

Tata
GBIME
Nepal Life