जोशीले राजिनामा दिएको गरिबी निवारण कोषको उपाध्यक्षका लागि हाडा र श्रेष्ठवीच दौड

बिजमाण्डू
२०६९ पुष २१ गते ००:०० | Jan 5, 2013

काठमाडौं । गरिबी निवारण कोषको उपाध्यक्ष नियुक्तीमा प्रतिस्पर्धा सुरु भएको छ । सरकारको कार्यशैली प्रति असन्तुष्टी जनाउँदै उपाध्यक्ष जनकराज जोशीले राजिनामा दिएपछि रिक्त उपाध्यक्षको लागि प्रतिस्पर्धा सुरु भएको छ । उपाध्यक्षमा निवृत सचिव विन्द्रा हाडा र रामकुमार श्रेष्ठ बलियो प्रतिस्पर्धीको रुपमा देखिएका छन् । हाडालाई उपाध्यक्ष बनाउन प्रधानमन्त्री पत्नि हिसिला यमी लागेको स्रोतले बतायो ।
सचिव श्रेष्ठ माओवादी नजिकका सचिव हुन् । श्रेष्ठ यसअघि एसियाली विकास बैंकको मनिला हेर्ने गरी सरकारले नियुक्त गरिसकेको छ । कोषले पछिल्लो समयमा गरिब कार्ड वितरणको तयारी गरिरहेको थियो । गरिब लक्षित कार्यक्रम सम्वन्धित व्यक्तिसम्म पुगोस भनेर सुरु गर्न लागिएको कार्ड वितरणको तयारी पनि उपाध्यक्ष नहुँदा प्रभावित भएको छ ।

Tata
GBIME
Nepal Life