उद्योग परिसंघको टोलीसँग उद्योगमन्त्रीको भेट, लगानी प्रवद्र्धनमा काम गर्ने प्रतिवद्धता

बिजमाण्डू
२०६९ पुष १९ गते ००:०० | Jan 3, 2013
उद्योग  परिसंघको टोलीसँग उद्योगमन्त्रीको भेट, लगानी प्रवद्र्धनमा काम गर्ने प्रतिवद्धता

काठमाडौं । नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले विहिवार उद्योग मन्त्री अनिलकुमार झालाई भेट गरेको छ । उक्त प्रतिनिधि मण्डलमा परिसंघका नवनिर्वाचित अध्यक्ष नरेन्द्र बस्न्यात, पदाधिकारी र गभर्निङ काउन्सिल तथा राष्ट्रिय परिषदका सदस्यको सहभागीता थियो । उद्योगमन्त्रीसँगको भेटमा सार्वजनिक नीजि साझेदारी मार्फत लगानी प्रवद्र्धन, औद्योगिक वातावरण सुधार, ऊर्जा तथा श्रम समस्या समाधान लगायतका विषयमा छलफल भएको थियो ।

परिसंघ अध्यक्ष बस्न्यातले औद्योगिक पुर्वाधार निर्माण, लगानीमैत्री वातावरण विकास तथा रोजगारी सृजना र सामाजिक उत्थानका क्षेत्रमा सरकारसँग मिलेर काम गर्न परिसंघ तयार रहेको बताए । उनले ‘परिसंघको अबको प्राथमिकता औद्योगिक र व्यवसायिक सम्भावना भएका क्षेत्रमा थप आर्थिक गतिविधि र रोजगारी सृजना गर्ने रहेको जानकारी पनि दिए ।
भेटमा परिसंघका उपाध्यक्षहरु हरीभक्त शर्मा, अनुज अग्रवाल र मनोज केडियाले औद्योगिक क्षेत्रका समसामयिक विषयमा धारणा राखेका थिए । परिसंघको गभर्निङ काउन्सिलका संयोजक चिरञ्जिलाल अग्रवाल र सदस्य विजयकुमार शाहले देशमा विद्यमान आर्थिक तथा औद्योगिक समस्या समाधानका लागि उद्योग मन्त्रालयले नेतृत्वदायी भुमिका खेल्नु पर्ने बताए ।
उद्योगमन्त्री झाले औद्योगिक वातावरण निर्माण, लगानी प्रवद्र्धन गर्न र रोजगारी सृजना मार्फत आर्थिक विकसमा नेपाल उद्योग परिसंघको अग्रसरता स्वागतयोग्य भएको बताए । उनले ‘राजनीतिक अस्थिरताका कारण औद्योगिक विकाससँग सम्वन्धित महत्वपूर्ण विधयकहरु परित हुन नसकेकाले औद्योगिक प्रवद्र्धनको काम सुस्त भएको बताए । उद्योग सचिव कृष्ण ज्ञवालीले राजनीतिक अवस्था प्रतिकुल छ भनेर केही नगरी बस्ने अवस्था नरहेको बताए ।

Tata
GBIME
Nepal Life