उबन्टुको स्मार्टफोन अपरेटिङ सिस्टम बजारमा, मोबाईलदेखि कम्प्युटरसम्म एउटै ओएसले चल्ने

बिजमाण्डू
२०६९ पुष १९ गते ००:०० | Jan 3, 2013
उबन्टुको स्मार्टफोन अपरेटिङ सिस्टम बजारमा, मोबाईलदेखि कम्प्युटरसम्म एउटै ओएसले चल्ने


लण्डन । स्मार्टफोनको बजार बढेसँगै प्रतिपर्धा पनि बढदै गएको छ । यसै क्रममा लिनक्समा आधारीत कम्प्युटर ओएस उबन्टुको स्मार्टफोन भर्सन पनि बजारमा आएको छ । उबन्टु  ओएस एण्ड्रोइडमा आधारीत स्मार्टफोनमा सजिलै इन्स्टल गर्न सकिने निर्माता मार्क सुट्टल वर्थले बताएका छन् । उबन्टु ओएस भएका स्मार्टफोनका लागि छुट्टै एप्स समेत चाहिँदैन । उबन्टुका कम्प्युटर ओएसमा सपोर्ट गर्ने सबै सफ्टवेयरहरु स्मार्टफोनमा मज्जाले चलाउन सकिनेछ । यसैगरी स्मार्टफोनमा भएको ओएसबाट कम्प्युटर तथा सेटटप बक्स समेत चलाउन सकिने निर्माताको दावी छ ।

प्रारम्भमा सामसुङको ग्यालेक्सी नेक्सस फोनकालागि मात्रै उबन्टुको संस्करण आउने बताइएको छ । यो फोनमा एण्ड्रोइडलाई हटाउँदै उबन्टु सहजै इन्स्टल हुनेछ । त्यसपछि सामसुङ नेक्सस फसोन उबन्टु फोनमा परिणत हुनेछ । उबन्टुका निर्माता मार्कले स्मार्टफोन उत्पादन कम्पनीसँग ओएस प्रीलोड गरेरै डिभाईस ल्याउने विषयमा कुराकानी भईरहेको बताएका छन् । यसो भए यही वर्ष भित्र उबन्टुका स्मार्टफोन बजारमा आउनेछन् र ती ईतिहासमा पहिलो पटक कम्प्युटरको बराबरको क्षमता भएका मोबाईल फोनहरु उपभोक्ताको हातमा हुनेछन् ।

Tata
GBIME
Nepal Life

स्मार्टफोनकालागि उबन्टु ओएसका ४५ हजार नयाँ एप्स डेभलप गरिसकेको र यसलाई प्रवद्र्धन गर्ने कम्पनी क्यानो निकलले जनाएको छ । उबन्टुमा आधारीत स्मार्टफोनलाई भ्वाईसद्वारा कन्ट्रोल गर्न सकिने छ भने उत्पादकहरुले आफ्नो डिभाईस अनुसारको इन्टरफेस छनौट गर्न सक्नेछन् । उबन्टु लिनक्समा आधारीत ओएसहरुमा सबैभन्दा लोकप्रिय ओएस हो । यसलाई निःशुल्क रुपमा डाउनलोड गरी इन्स्टलगर्न सकिन्छ । निःशुल्क उपलब्ध भएपनि यो ओएस सिमित व्यक्तिले मात्रै रुचाएका छन् । जसका कारण यसको बजार हिस्सा न्यून छ । एक अनुमान अनुसार विश्वमा दुई करोडभन्दा बढी पिसीमा उबन्टु प्रयोग भइरहेको छ ।