नेपाल आयल निगमको घाटा घट्यो, मासिक २३ करोडमा झर्यो, ग्यासको घाटा ७३ करोड

बिजमाण्डू
२०६९ पुष १९ गते ००:०० | Jan 3, 2013
नेपाल आयल निगमको घाटा घट्यो, मासिक २३ करोडमा झर्यो, ग्यासको घाटा ७३ करोड

काठमाडौं । नेपाल आयल निगमको घाटा २३ करोड रुपैयाँमा झरेको छ । जनवरी १ मा इण्डियन आयल कर्पोरेशनले पठाएको मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा १६ करोड ८१ लाख रुपैयाँ नाफा  छ भने डिजेलमा एक करोड ३५ लाख रुपैयाँ घाटा छ । निगमलाई मट्टितेलमा पाँच करोड ५४ लाख रुपैयाँ नाफा छ । हवाई इन्धन आन्तरिकमा निगमलाई सात करोड ४७ लाख रुपैयाँ र अन्तराष्ट्रियतर्फ २० करोड ७४ लाख रुपैयाँ नाफा छ ।
निगमलाई सबैभन्दा बढी घाटा एलपीजी ग्यासमा ७२ करोड ४९ लाख रुपैयाँ छ । प्रतिसिलिण्डर ६०४ रुपैयाँ घाटा भएका कारण निगमलाई सबैभन्दा ठूलो भार ग्यासबाट परेको हो । अहिले मासिक १२ लाख सिलिण्डर ग्यास खपत हुँदै आएको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा केही कमी आएको र केही दिन अघि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेका कारण निगमको घाटा कम भएको हो । डिसेम्वर १६ को मूल्यसूचीमा निगमलाई अहिलेभन्दा दोब्बर बढी घाटा थियो ।

Tata
GBIME
Nepal Life