टेलिकमले सिडिएमए सेवाको ग्राहक शुल्क घटायो, छ सय रुपैयाँको सट्टा दुई सय

बिजमाण्डू
२०६९ असार ३० गते ००:०० | Jul 14, 2012
टेलिकमले सिडिएमए सेवाको ग्राहक शुल्क घटायो, छ सय रुपैयाँको सट्टा दुई सय


काठमाडौं । प्रतिश्पर्धा बढ्दै गएपछि टेलिकम कम्पनीवीच सेवा र सुविधा थप्ने तथा शुल्कमा कटौती गर्न थालेका छन् । नेपाल टेलिकमले ल्याण्डलाइनबाट देशभरका मोवाइलमा फोन गर्दा लोकल कलको व्यवस्था लागू गरे लगत्तै सिडिएमए फोनमा पनि शुल्क कटौती गरेको छ ।
नयाँ व्यवस्था अनुसार टेलिकमले सिडिएमए एकाइफोन÷डाटा सेवाको ग्राहक शुल्क छ सय रुपैयाँबाट दुई सय रुपैयाँ बनाएको छ । साउन १ गतेदेखि लागू हुने गरी गरिएको यो नयाँ व्यवस्था अनुसार टेलिकमले दुई सय रुपैयाँमा एक सय रुपैयाँको टक भ्यालु दिने र डाटा एक्टिभेसन निशुल्क गरेको छ ।
यसैगरी टेलिकमले इभिडियोसहितको सिडिएमए स्काइफोन सेवाको ग्राहक शुल्क पनि छ सय रुपैयाँबाट घटाएर दुई सय रुपैयाँ बनाएको छ । दुई सय रुपैयाँमध्ये एक सय रुपैयाँ टक भ्यालु दिइएको कम्पनीले जानकारी दिएको छ ।

Tata
GBIME
Nepal Life