सबैभन्दा बढी तलव खाने टिम कुकको तलव ९९ प्रतिशतले घट्यो, अब १४ लाख डलर

बिजमाण्डू
२०६९ पुष १३ गते ००:०० | Dec 28, 2012
सबैभन्दा बढी तलव खाने टिम कुकको तलव ९९ प्रतिशतले घट्यो, अब १४ लाख डलर

न्युर्योक । स्मार्टफोन र कम्प्युटर बनाउने विश्वको सबैभन्दा प्रख्यात कम्पनी एप्पलको कार्यकारी प्रमुख टिम कुकको तलब ९९ प्रतिशतले कटौती भएको छ । यो वर्ष कुकले १४ लाख डलर मात्रै पाएका छन् । जवकी गत वर्ष उनले ३७ करोड आठ लाख डलर तलब पाएका थिए । कुकले यो वर्ष १४ लाख डलर र २८ लाख रुपैयाँ बोनस पाएको स्वीकार गरेका छन् । एप्पलका अनुसार गत वर्ष उनले सेयरबाट आएको बोनसबाट त्यतिधेरै रकम लिन सफल भएका थिए । तर यो वर्षदेखि उनलाई सेयरबाट आउने मुनाफा दिन बन्द गरिएको छ ।
एप्पलका सहसंस्थापक स्टिभ जब्सको निधन भएपछि कार्यकारी प्रमुख बनेका कुकले बोनसबाट ३७ करोड पाएर अमेरिकाको सबैभन्दा बढी तलब पाउने कार्यकारी प्रमुख बनेका थिए । गत वर्ष उनको तलब भने नौ लाख डलर मात्रै थियो । एप्पलका अनुसार कुकको सिफारिस अनुसार कार्यकारी प्रमुख र गैरकर्मचारी निर्देशकको लागि सेयर स्वामित्वको बारेमा नयाँ नीति अपनाइएको छ । यो नीति अनुसार अब कुक कम्पनीको साधारण सेयरधनी मात्रै हुन् ।

Tata
GBIME
Nepal Life