सामसङ मोवाइलको म्युजिक डुओ स्मार्टफोन नेपाली बजारमा, मूल्य साढे १६ हजार

बिजमाण्डू
२०६९ पुष ११ गते ००:०० | Dec 26, 2012
सामसङ मोवाइलको म्युजिक डुओ स्मार्टफोन नेपाली बजारमा, मूल्य साढे १६ हजार


काठमाडौं । सामसङको मोवाइल विक्रीमा एकाधिकार पाएको इन्टरनेशनल मार्केटिङ सर्भिसेसले सामसङ ग्यालेक्सी म्युजिक डुओ स्मार्ट फोन नेपाली बजारमा ल्याएको छ । यो मोवाइलको उपभोक्ताले १६ हजार ६९० रुपैयाँमा पाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।

दुई वटा सिम लाग्ने यो मोवाइलको आवाज गुणस्तरीय रहेको कम्पनीले जानकारी दिएको छ । एसआरएस स्पिकर र साउण्ड लाइफ सुविधाका कारण आवाज गुणस्तरीय भएको कम्पनीको दावी छ । यो मोवाइलमा वाइफाइ र थ्रिजी इन्टरेनट चलाउन सकिन्छ भने मोवाइलमा एन्ड्रोइड सुविधा पनि छ । चार जिबीको आन्तरिक मेमोरी भएको मोवाइललाई ३२ जिवी क्षमतासम्म विस्तार गर्न सकिन्छ ।
यो मोवाइल कम्पनीको सामसङ स्टोर र आउलेटमा उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ । यो मोवाइल दरवारमार्गमा शेर्पा मलमा भर्खरै खुलेको प्रिमियम ब्राण्ड सपमा समेत उपलब्ध छ । दरवारमार्गमा सामसङ एक्सपर्टको गाइडेन्समा मोवाइल चलाउनुको मज्जा लिन सकिने कम्पनीले जानकारी दिएको छ ।

Tata
GBIME
Nepal Life