थाइ स्कुलसँगको सहकार्यमा रियल इस्टेट मार्केटिङ एजेण्टका लागि छ दिने तालिम

२०६९ पुष ११ गते ००:००

काठमाडौं । बृहत इन्भेष्टमेष्ट्स प्रालिले काठमाडौंमा आयोजना गरेको ६ दिने रियल इस्टेट मार्केटिङ एजेण्ट (रिमा) तालिम सम्पन्न गरेको छ । बृहत इन्भेष्टमेण्ट्सले थाइल्याण्डको थाइ रियल इस्टेट विजनेश स्कूलसँगको सम्बन्धनमा विगत ४ वर्षदेखि आयोजना गर्दै आएको रिमा तालिमको यो सातौं संस्करण हो । रिमा तालिमबाट बृहतले हालसम्म ९६ जना दक्ष रियल इस्टेट मार्केटिङ एजेण्ट उत्पादन गरिसकेको छ ।
रिमा तालिममा रियल इस्टेट, यससम्बन्धी कानून, यसको राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजार, वर्तमान अवस्था, बैंक कर्जा, सम्पत्ती बीमा, सम्पत्ती मूल्याङ्कन तथा सम्भाव्यता अध्ययन, मिडियाको भूमिका, अर्थतन्त्रसँगको सम्बन्ध, भवन संरचनाको इन्जिनियरिङ पक्षका साथै व्यवसायिक सफलताका लागि महत्वपूर्ण अन्य विभिन्न विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरुको प्रस्तुति थियो । अन्तरराष्ट्रिय रियल इस्टेट विज्ञ तथा थाई रियल इस्टेट विजनेश स्कुलका संस्थापक/निर्देशक डा. सपुन पोर्नचक्चाई तालिमका अन्तरराष्ट्रिय वक्ता थिए । नेपालका रियल इस्टेट विज्ञ ओम राजभण्डारीले पनि तालिम दिएका थिए ।


Sunrise Bank
TATA
GBIME