रोदिमुड र सुभारीका वीन्टर कलेकसन काठमाडौंमा, ग्राहकले रुचाउनेमा कम्पनी विश्वस्त

बिजमाण्डू
२०६९ पुष ८ गते ००:०० | Dec 23, 2012
रोदिमुड र सुभारीका वीन्टर कलेकसन काठमाडौंमा, ग्राहकले रुचाउनेमा कम्पनी विश्वस्त


काठमाडौं । टर्कीका दुई ब्राण्डेड कम्पनी रोदिमुड र सुभारीले वीन्टर कलेक्सनका उत्पादनहरु काठमाडौंमा विक्री सुरु गरेका छन् । रोदिमुडले जाडोका लागि हुने स्वेटर, कोट लगायतका उत्पादनहरु विक्री सुरु गरेको हो । रोदिमुडको आधिकारिक विक्रेता रिचारामले टर्कीका उत्पादनहरु गतवर्षदेखि नेपालमा विक्री गर्दै आएका छ ।

कम्पनीका अध्यक्ष अखिलकुमार चापागाईंले ब्राण्डमा विशेष ध्यान दिने नेपाली ग्राहकलाई लक्षित गरेर उत्पादन मगाइएको बताए । ग्राहकले देखाएको विशेष चासोलाई सम्वोधन गर्न रोदिमुड वीन्टर कलेक्सन २०१२ बजारमा ल्याएका छौं, उनले भने । रोदिमुडका उत्पादनहरु सिटी सेन्टरस्थित कम्पनीको एक्सक्लसिभ शोरुममा उपलब्ध भएको जानकारी दिएको छ ।
यसैगरी टर्कीको अर्को प्रख्यात ब्राण्ड सुभारीले पनि वीन्टर कलेक्सनका उत्पादनहरु नेपाली बजारमा ल्याएको छ । कम्पनीले यसबाहेक सर्ट, प्यान्ट र कोटहरु पनि बजारमा ल्याएको छ । सुभारीका उत्पादन मेडिटेरियन लिंक होल्डिङ्गले विक्री गर्दै आएको छ । कम्पनीका रिटेल म्यानेजर नमराज गिरीले उच्च गुणस्कार उत्पादन रुचाउने ग्राहकले सुभारी मन पराउने बताए ।

नयाँ कलेक्शनमा सुटहरु साढे १६ हजारदेखि साढे २२ हजारसम्म, सर्टहरु दुई हजारदेखि साढे दुई हजारसम्म प्यान्ट साढे तीन हजारदेखि चार हजार आठ सय रुपैयाँसम्मको रेञ्जमा उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ । त्यसैगरी कपमनीले स्वेटरहरु चार हजार एकसयदेखि पाँच हजार नौसय रुपैयाँ रेञ्जमा उपलब्ध भएको पनि जानकारी दिएको छ । कम्पनीको सिटी सेन्टर र वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा दुईवटा शोरुम छन् ।

Tata
GBIME
Nepal Life